एनपीएल–२ः विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १०

विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पहिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा चितवन राइनोजले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १२६ रनमा समेटियो । यो हारसँगै विराटनगरको अपराजित यात्रा टुगिंएको छ ।

विराटनगरका लागि मार्चेन्ट डि लाङले सर्वाधिक ३९ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । प्रतिश जिसी ३० र साम हिजलेटले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा विराटनगरका रञ्जित कुमार नायक बने । ४ ओभर बलिङ गरेका रञ्जितले २१ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरी २, सोहिल तन्विर, सैफ जैव र कप्तान कुशल मल्लले एक÷एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल २०, सैफ जैब ३२, दीपक बोहरा ५, डविड मलान १७ र देव खनाल २८ रनको योगदान दिए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेट डि लिङ्गेले समान २–२ तथा शुभव रन्जनेले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन