एमालेको महाधिवेशन प्रतिनिधि छनौटः कुनै पनि उम्मेदबारले नाम फिर्ता लिएनन्

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ११

नेकपा एमालेको आगामी मंसिर २७ गतेदेखी हुने एघारौं महाधिवेशनको प्रतिनिधि बन्न तनहुँमा उम्मेदबारी दिएका ६२ जना मध्ये कसैले पनि उम्मेदबारी फिर्ता लिएका छैनन् । निर्वाचन कार्यक्रम अनुसार विहिबार उम्मेदबारी फिर्ता लिने समय रहेकोमा कुनै पनि उम्मेदबारले नाम फिर्ता नलिएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले बताए । उम्मेदबारहरुको आग्रहमा नाम फिर्ता लिने समय शुक्रबार दिउँसो १२ बजेसम्मको लागि दिईएको ढकालले बताए । शुक्रबार १ बजे उम्मेदबारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसपछि मतपत्र प्रकाशन गरिने ढकालले बताए ।

उम्मेदबारहरु विच सहमती गराउन बिहिबार दिनभर एमालेका नेताहरुले पहल गरेका थिए । केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज केदार सिग्देल तथा केन्द्रीय सल्लाहाकारद्वय एक बहादुर राना र प्रतापलाल श्रेष्ठले पहल गरेका थिए । तर कुनै पनि उम्मेदबारले नाम फिर्ता लिन नमानेपछि नेताहरुको पहल सार्थक भएन ।

तनहुँको क्षेत्र नम्बर १ बाट २ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनीका प्रतिनिधि छनौट हुनेछन् । त्यसैगरि क्षेत्र नम्बर २ बाट ३ खुल्ला, २ महिला र १ जना ४० वर्ष मुनिका युवा प्रतिनिधि र जिल्लाभरबाट १ जना दलित प्रतिनिधि महाधिवेशनकोलागि छनौट हुनेछन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट खुल्ला प्रतिनिधिको लागि १२ जनाले उम्मेदबारी दर्ता गरेका छन् । जसमा हरिराज कडेंल, कृष्णराज ढकाल, अनिल पाण्डे, श्रीराम कार्की, ऋषिराम भुषाल, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, गोविन्दप्रसाद अधिकारी, पुर्णबहादुर गुरुङ, प्रेमकुमार राना, प्रदिपराज अधिकारी र बासुदेव पुडासैनी रहेका छन् । त्यस्तै महिला प्रतिनिधिकोलागि ८ जनाले उम्मेदबारी दिएका छन् । महिला तर्फ सिता पाण्डे, बिन्दु बस्नेत, मनुमाया श्रेष्ठ, देवु विष्ट, बेदकुमारी वाग्ले, रुपा तामाङ, बसुन्धरा घर्ती र फुलमती थापाले उम्मेदबारी दिएका छन् । त्यसैगरि ४० वर्ष मुनिका युवा प्रतिनिधिको लागि मदन तिमिल्सेना, सोमबहादुर तामाङ, बिरबहादुर लामा (चिज), अजित पन्थ, रामप्रसाद सापकोटा, अमिर गुरुङ, सुजन आचार्य र सरु कुमालले उम्मेदबारी दिएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ तर्फ खुल्ला प्रतिनिधिको लागि १८ जनाले उम्मेदबारी दिएका छन् । उम्मेदबारी दिनेहरुमा खिमबहादुर महत क्षेत्री, श्यामराजा महत, विष्णुभक्त सिग्देल, आनन्द सुन्दर श्रेष्ठ, कमल ढकाल, मुक्तिनाथ तिमिल्सेना, दिर्घबहादुर थापा, धर्मराज खनाल, रामचन्द्र उपाध्याय, दलराज थापा (कुमार), होमबहादुर थापा, राजेश्वर ढकाल, श्रीप्रसाद श्रेष्ठ, निरोज खनाल, नारायण खनाल, हर्कबहादुर गुरुङ, सुर्यबहादुर गुरुङ र लक्ष्मण पौडेल रहेका छन् । त्यसैगरि महिला प्रतिनिधिकोलागि विष्णुकुमारी अधिकारी पराजुली, विष्णुमाया श्रेष्ठ, बिर्सना श्रेष्ठ, रत्नादेवी घिमिरे, सानुमाया महत र फुलमाया वाग्लेले उम्मेदबारी दिएका छन् । त्यस्तै ४० वर्ष मुनिका युवा प्रतिनिधिको लागि आरके पोख्रेल, उज्वल खनाल, इमानसिंह सार्की र खिमबहादुर कुमालले उम्मेदबारी दिएका छन् ।

त्यसैगरि जिल्लाभरबाट १ जना दलित तर्फको प्रतिनिधिको लािग बाबुराम सुनार, मिठुमाया गन्धर्व, दिपक खाती, मनोज सुवर्णकार, भरत लामगादे र मोहन सुनारले उम्मेदबारी दिएका छन् ।

कुन क्षेत्रमा कति छन् मतदाता ?

नेकपा एमालेको महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रतक्ष्यरुपमा हुँदैछ । आगामी चैत मसान्तसम्मको सदस्यताको लेबी बुझाईसकेका संगठित सदस्यहरु नै महाधिवेशन प्रतिनिधिको निर्वाचनका मतदाता हुन् । त्यस्ता संगठित सदस्य तनहुँमा ५६९३ रहेको छ ।

तनहुँमा सबैभन्दा धेरै संगठित सदस्य भिमाद नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम ऋषिङ गाउँपालिकामा रहेका छन् । एमाले तनहुँका अनुसार क्षेत्र नम्बर १ मा २४०७ जना संगठित सदस्य रहेका छन् भने क्षेत्र नम्बर २ मा ३२८६ जना संगठित सदस्य कायम रहेका छन् ।

मतदान कार्यक्रम मंसिर १३ गते बिहान ९ देखी दिउँसो २ बजेसम्म सम्बन्धित पालिका कमिटिले तोकेको स्थानमा मतदान हुनेछ भने सबै मतपेटिकाहरु जिल्ला पार्टी कार्यालयमा ल्याएर मतगणना गरिने निर्वाचन कमिटिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

केन्द्रीय संगठन विभागले पठाएको मतदाताको नामावली र मतपत्र शनिबार बिहानसम्म सम्बन्धित पालिका कमिटिमा पठाईसकिने एमालेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा