विकास निर्माण तथा जनसवालका विषयमा मन्त्री घिसिङको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २५

हालै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि उज्यालो नेपाल पार्टीमा आबद्ध भएका शुक्लागन्डकी नपा–१२ का मनराज गुरुङले विकास निर्माण तथा जनसवालका विभिन्न विषयमा भौतिक पूर्वाधार तथा यातायात, उर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएका छन् । गुरुङले विहिबार मन्त्री घिसिङ समक्ष उक्त ध्यानाकर्षण गराएका हुन् ।

तनहुँ जिल्ला प्रतिनिधी सभा क्षेत्र नम्बर २ अन्तर्गत रहेको सेती गण्डकी नदीमा १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना निर्माणधिन रहेको भन्दै गुरुङले नेपालको संविधानले जलविद्युत परियोजनाबाट प्रभावित स्थानिय समुदायलाई स्थानिय शेयरमा लगानी गर्न पाउने अधिकार प्रदान गरेबमोजिम नियमानुसार जम्मा लागतको १० प्रतिशत स्थानिय शेयर क्षेत्र नम्बर २ अन्तर्गतका सम्पूर्ण घरधुरी समावेश हुने गरेर स्थानिय शेयर वितरणको माग गरेका छन् । साथै त्यसपछि साधरण सेयर निष्कासन गर्दा तनहुँ जिल्लालाई विशेष प्राथमिकतामा राख्न पनि उनले माग गरेका छन् ।

पृथ्वी राजमार्गको पश्चिम खण्ड निर्माणकार्य लक्ष्य अनुसारको प्रगती नभएको हुँदा स्थलगत अनुगमन गरी समयमै कार्य सम्पन्नको लागी निर्माण पक्षलाई निर्देशन गनुपर्ने, तनहुँ क्षेत्र नम्बर २ को भूगोल र जनघनत्वलाई आधार मानेर इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय स्थापना गर्नुपर्ने, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारतीय सरकारको सहयोगमा एक हजार शैय्याको बनाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए अनुसार यथाशिघ्र प्रक्रिया अगाडि बढाउन पहल गर्नुपर्ने माग गुरुङले गरेका छन् ।

 

 

खैरेनीटारमा रहेको नेपाली सेनाले व्यारेकको जग्गा वाहेक भोगचलन गर्दै आइरहेको ग्रामिण प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको झण्डै ८० रोपनी जग्गामा सेनाको स्वामित्व हटाइ कृषी अनुसन्धान केन्द्र पुर्नस्थापना गर्नुपर्ने, तनहुँ क्षेत्र नम्बर २ को शान्ती सुरक्षा हेर्ने इलाका प्रहरी कार्यलय बेलचौतरामा प्रहरी नायव उपरिक्षक (डिएसपी) को दरबन्दी कायम गरी सो अनुसारको स्रोत र जनशक्ति थप गर्नुपर्ने, श्रृङ्ग मोटर मार्ग (भिमाददेखी घिरिङ देउराली खण्ड) मा निर्माण व्यवसायीबाट भइरहेको कानुनी झमेला सल्टाइ नियमानुसार निर्माण सम्झौता रद्द गरी शिघ्र निर्माण गर्नलाई नयाँ ढंगले निकास खोज्नुपर्ने गुरुङले माग गरेका छन् ।

दुलगौंडा–हर्कपुर (शुक्लागण्डकीदेखी म्याग्दे जोड्ने) मोटरमार्गमा पनि निर्माण व्यवसायीबाट भएको वेवास्ताका कारण निर्माण कार्यमा ढिलाइ भएको हुँदा नियमानुसार निर्माण सम्झौता रद्द वा शिघ्र सडक निर्माणको कार्य अगाडी बढाउन सहजीकरण गरिदिनुपर्ने माग गरेका छन् ।

त्यसैगरि तनहुँ–२ क्षेत्रका विभिन्न मोटरमार्गको स्तरोन्नतीको लागि आवश्यक बजेट विनियोजन गर्नका लागि पनि गुरुङले मन्त्री घिसिङ समक्ष माग गरेका छन् । ति सडक तथा योजनाहरुमा झापुटार काहुँशिवपुर हुँदै ऋषिङ मोटर मार्ग (ऋषिङ गाउँपालिका), कृष्ण मोटर मार्ग घिरिङ देउराली, मानपुर हुँदै केलादीसम्म (घिरिङ गाउँपालिका), ढोरवराही मोटर मार्ग–दुलेगौंडा, साँखे, थुम्कीडाँडा (शुक्लागण्डकी नगरपालिका), भिमकाली मोटर मार्ग भिमाददेखी डुम्रेवेसी (भिमाद नगरपालिका), भिमाद–भिमगुफा हुँदै डुमेबैसी मोटरमार्ग (भिमाद नगरपालिका), लालध्वज मोटर मार्ग कोत्रेदेखि थप्रेक (शुक्लागण्डकी नगरपालिका), मानुङकोट–किल्चोक छाङ माटरमार्ग (म्याग्दे गाउँपालीका), दुलेगौडा–लामागाउँ मोटरमार्ग (शुक्लागण्डकी नगरपालिका) र मादी नदी नियन्त्रण (व्यास नगरपालिका) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय