बन्दीपुरमा विशाल कौरा नृत्य प्रदर्शन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर २५

बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन कार्यक्रम तथा ‘तमु ल्होसार’ पर्वको अवसर पारेर आगामी पुष १५ गते बन्दीपुरमा विशाल कौरा नृत्य प्रर्दशन हुने भएको छ । यस अवसरमा सबैभन्दा धेरै कलाकारले सहभागी भई प्रस्तुत गर्ने आकर्षक ‘चुट्का (कौरा) नृत्य’ मुख्य आकर्षण रहने जनाईएको छ ।

बन्दीपुरको टुडिखेलमा आयोजना हुने यो कार्यक्रम सांस्कृतिक उत्सवका साथ कौरा नृत्यमा रमाउने एक महत्वपूर्ण अवसरका रूपमा रहने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंशबहादुर गुरुङले जानकारी दिए ।

‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ नाराका साथ तनहुँको सांस्कृतिक पहिचान कौरा नृत्य लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक हरिसिं गुरुङले जानकारी दिए ।

कार्यक्रमका सह–आयोजक, प्रवद्र्धक, कलाकार, दर्शक तथा सहयोगीहरू सबैको सहभागिता रहने कार्यक्रम खुल्ला रूपमा आयोजना गरिएको छ । नृत्यमा सहभागी हुन इच्छुक सम्पूर्ण जातजातिका व्यक्तिहरू आ–आफ्नै जातीय तथा संस्थागत पोशाकमा उपस्थित हुनुपर्नेछ ।

समूहगत रूपमा सहभागी हुन चाहनेहरूले कम्तिमा २५ जनाको समूह बनाउनु पर्नेछ । यस्ता समूहहरूले कौरा नृत्य प्रतियोगितामा समेत सहभागी हुने अवसर पाउनेछन् । दमौली, आँबुखैरेनी तथा धरमपानी क्षेत्रबाट सहभागी तथा कलाकारका लागि यातायातको विशेष व्यवस्था गरिएको छ ।

सहभागी कलाकार तथा समूहहरूलाई सम्मान तथा पुरस्कारको व्यवस्था समेत गरिएको छ । कौरामा सहभागी हुने कालाकारलाई विभिन्न स्थानमा नाँच अभ्यास समेत गराइने भएको छ । जस अनुसार मंसिर २६ र २७ गते बन्दीपुर टुँडिखेल, पुस १ र २ गते दमौली खुला मञ्च, पुस १ र २ गते आदिकवि भानुभक्त क्याम्पस दमौली र पुस ४ र ५ गते रामशाह मावि आबुँखैरेनी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय