अपाङ्गता भएका विक डोरीमा बाँधिएर जिवन बिताउन बाध्य

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ६

व्यास नगरपालिका–८ बर्लाचीका अपाङ्गता भएका २६ बर्षीय झलक विक लामो समयदेखी डोरीमा बाँधिएर जिवन बिताउन बाध्य भएका छन् । बहुअपाङ्गता भएका विकलाई दुर्घटनामा पर्ने तथा अन्य कुनै भवितव्य घठना हुने डरले उनका परिवारका सदस्यले डोरीमा बाँधेर राख्न बाध्य भएका छन् ।

‘यसरी बाँधेर राख्नुपर्ने मलाई बाध्यता हो’ झलककी आमा कालीमाया विकले भनिन् ‘कतै दुर्घटनामा पर्छ की वा कतै हराउँछ की भन्ने डरले बाँधेर काममा जानु परेको हो ।’ डोरीमा बाँधिएकै अवस्थामा झलक घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
हिँडडुल गर्न असमर्थ झलकको शारीरिक अवस्था नियन्त्रणमा नहुने, जताततै घिस्रेर हिँड्ने तथा दिसापिसाब कपडामै हुने समस्याका कारण उनलाई पशु सरह दाम्लोले बाँधेर राख्नुपरेको उनकी आमाले बताइन् ।

झलक चार वर्षको हुँदा श्रीमान् गुमाएकी कालिमायाले त्यसयता एक्लैले छोराको हेरचाह, उपचार र व्यवस्थापन गर्दै आएकी छन् । विभिन्न सरकारी तथा गैरसरकारी निकाय धाए पनि अहिलेसम्म सहानुभूति र आश्वासनबाहेक ठोस सहयोग नपाएको उनको गुनासो छ ।
झलकको जीवन सहज बनाउने उद्देश्यले केही महिना अघि रिसेड तनहुँले ह्विलचेयर उपलब्ध गराएको थियो । तर पनि त्यो उनको अवस्थाअनुसार उपयुक्त नभएको कालिमायाको भनाइ छ । ह्विलचेयरमा चढाउन–झार्न नसकिने तथा पल्टिने जोखिम रहेकाले प्रयोगविहीन अवस्थामा राखिएको उनले बताइन् ।

कालिमायाले छोरालाई सुरक्षित रूपमा राख्न र खेलाउन व्यवस्थित कोठा अत्यावश्यक रहेको बताउँदै बाहिर खेल्न मिल्ने बरान्डा, भित्र सुत्ने व्यवस्था र शौचालयसहितको कोठा निर्माण आवश्यक रहेको बताइन् । ‘जग्गा म आफैँ व्यवस्था गर्छु, तर कोठा बनाउन सम्बन्धित निकायको सहयोग चाहिएको छ,’ उनले भनिन् ।

अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि सुविधा सम्पन्न कोठा निर्माणमा पहल गरिने बताए । यस्तै, व्यास–८ अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्सालले झलकलाई आवश्यकताअनुसार स्वास्थ्य सेवा उपलब्ध गराई सुरक्षित स्थानमा राख्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले झलकको अवस्थाअनुसार आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको