छैठौं आदिवासी जनजाती महोत्सव पुस २४ गतेदेखि हुने

Devghat Online

शेयर गरौ

तनहुँ । पुस ७

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा छैठौं आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्सव यही पुस २४ गतेदेखी हुने भएको छ । व्यास नपा–३ अनसन चौतारी स्थित खुला चौरमा आयोजना हुने उक्त महोत्सव माघ ५ गतेदेखी सम्म आयोजना हुनेछ ।

यस अघि व्यास नपा–३ विपि वनबाटिका स्थित खुला मैदानमा महोत्सव हुने भनिएपनि उक्त खेलमैदानको संरक्षणको लागि युवाहरुले खेलमैदानमा महोत्सव गर्न नदिन व्यास नगरपालिका समक्ष अनुरोध गरेपछि नगरपालिकाले उक्त मैदानको सट्टा अनसन चौतारी स्थित खुला चौरमा महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवबारे जानकारी दिन सोमबार महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव अनसन चौतारी स्थित खुला चौरमा आयोजना गर्ने निर्णय भएको महासंघ तनहुँका बरिष्ठ उपाध्यक्ष सिद्धान्त थापा मगरले बताए ।

उक्त महोत्सवमा ७३ लाख आम्दानी हुने तथा ५८ लाख खर्च भई १५ लाख रुपैयाँ बचत हुने अपेक्षा राखिएको थापाले बताए । उक्त बचत रकमले व्यास नपा १२ मा जग्गा खरिद गरि जनजाती संग्रहालय निर्माण गर्ने थापाले बताए । अनसन चौतारीको चौरमा स्थान साँघुरो हुने भएको कारण यसपटकको महोत्सवमा १५० स्टल राखिने भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघले २०६२ सालमादेखी दमौलीमा आदिवासी जनजाती सांस्कृतिक महोत्सव सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ