चितवनको भरतपुर-१० स्थित सितोरियो कराते ट्रेनिङ्ग हलमा शनिबार सम्पन्न भएको २२औं चितवन जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगितामा ब्रम्हपुर डोजो टिम प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ चितवनको बार्षिक कार्यक्रम अनुसार, नेपाल सितोरियो कराते संघ चितवनद्वारा आयोजित आयोजनामा २२औं चितवन जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता २०८२”मा ब्रम्हपुर डोजो टिम प्रथम हुन सफल भएको हो ।

त्यस्तै भरतपुर डोजो टिम द्वितिय र ओमशान्ती एकेडेमी टिम तृतिय भएका छन । उक्त प्रतियोगितामा पुरुष तर्फ भरतपुर डोजोका लासिप सारु मगर र महिला तर्फ ओमशान्ती एकेडेमीका आलियास आलेमगर उत्कृष्ट खेलाडी, पुरुष तर्फ विश्वप्रकास मा.वि का कुशल लोहनी र महिला तर्फ जगतपुर डोजोका प्रिया रानाभाट उदयीमान खेलाडी र ग्राण्डी ई. स्कुल अनुशासित टिमको पुरस्कार हासिल गर्न सफल भए ।




नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाको प्रमुख आथित्यता र नेपाल सितोरियो कराते संघ चितवनका अध्यक्ष चित्र बहादुर रानामगरको अध्यक्षतामा भएको उक्त प्रतियोगितामा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री राजन काकी र चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्री रामजी ढकाल विशेष अतिथित रहनुभएको थियो । त्यस्तै नेपाल सितोरियो कराते संघ चितवनका बरिष्ठ प्रशिक्षक ज्वाला कुमार भण्डारी, नेपाल सितोरियो कराते संघ चितवनका वरिष्ठ प्रशिक्षक गुञ्ज बहादुर रानामगर, राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशिक्षक तथा चितवन जिल्ला रेफ्रि संयोजक जंग बहादुर थिङ, राष्ट्रिय खेलकुद परिषदका पूर्व सहायक प्रशिक्षक देवी प्रजापती, नेपाल सितोरियो कराते संघ बागमती प्रदेश कोषाध्यक्ष श्री कृष्ण बहादुर नेपाल (सुजन), नेपाल सितोरियो कराते संघ चितवनका सचिव इश्वरी कंडेल, कोषाध्यक्ष संगम जोशी, नेपाल सितोरियो कराते संघ चितवनका सदस्य लगायतको उपस्थिति रहेको थियो ।













