बन्दीपुरमा एक हजार बढि कलाकारद्वारा सामुहिक कौरा नाच प्रस्तुत

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १५

बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन कार्यक्रम तथा ‘तमु ल्होसार’ पर्वको अवसर पारेर मंगलबार बन्दीपुरमा विशाल कौरा नृत्य प्रर्दशन भएको छ । बन्दीपुरको टुडिखेलमा आयोजना भएको उक्त कार्यक्रममा एक हजार भन्दा बढिले सामुहिक कौरा नृत्य प्रर्दशन गरेका थिए ।

‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ नाराका साथ तनहुँको सांस्कृतिक पहिचान कौरा नृत्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रम संयोजक हरिसिं गुरुङले जानकारी दिए ।

टुँडिखेलस्थित खुला मैदानमा आयोजित कार्यक्रममा एकैसाथ एक हजारभन्दा बढी कलाकारले कौरा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । विभिन्न समुदायको प्रतिनिधित्व गर्दै आ–आफ्नो मौलिक जातीय पोशाक र भेषभूषामा सजिएका कलाकारहरूले एउटै मञ्चबाट प्रस्तुत गरेको कौरा नृत्य हालसम्मकै सबैभन्दा विशाल भएको पर्यटनविद् एवं कार्यक्रम संयोजक गुरुङले बताए । उनका अनुसार यो प्रदर्शनले तनहुँको सांस्कृतिक इतिहासमै नयाँ कीर्तिमान स्थापित गरेको छ ।

कार्यक्रममा गुरुङ समुदायसँगै मगर, कुमाल, दरै, बाहुन–क्षेत्री, नेवारलगायत विभिन्न जातजातिका कलाकारहरूले आफ्नै मौलिक पहिरनमा एउटै मञ्चबाट कौरा नृत्य प्रस्तुत गरेका थिए । विविधताभित्रको एकता झल्काउने यस सांस्कृतिक प्रस्तुतिले बन्दीपुरको पहिचान र गौरवलाई अझ सशक्त बनाएको सहभागीहरूले बताएका छन् । तमु ल्होसारको अवसरमा बन्दीपुरमा प्रर्दशनी गरिएको सांस्कृतिक पहिचानको रूपमा रहेको कौरा (चुट्का) नाचलाई विश्वमाझ प्रस्तुत गर्ने जमर्को गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक बैंशबहादुर गुरुङले जानकारी दिए ।

नयाँ वर्ष २०२६ को अवसरमा बन्दीपुरमा तिन दिने कार्यक्रम आयोजना गरिएको छ । पौष १५ गतेदेखि १७ गतेसम्म विभिन्न कार्यक्रम गरि तमु ल्होसार र नयाँ वर्षको स्वागत गरिने छ । तीन दिनसम्म चल्ने सांस्कृतिक, पर्यटन र मनोरञ्जनको महासङ्गमको रुपमा पौष १५ गते मंगलबार नेपालमै अहिलेसम्मकै सबैभन्दा ठूलो संख्यामा चुड्का (कौराहा) नृत्य प्रस्तुत गरियो ।

यस्तै पौष १६ गते सडक खाना महोत्सव तथा बन्दीपुर भ्रमण वर्ष २०२५ समापन समारोह हुनेछ । यसैगरि पौष १७ गते सांस्कृतिक तथा विविध कार्यक्रमहरू एवं नयाँ वर्ष २०२६ को स्वागत गरिने कार्यक्रम रहेको बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र