भुजेल युवकमाथि कुटपिट गर्ने दुई जना प्रहरी नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १७

व्यास नगरपालिका वडा नम्बर १२ का २३ बर्षीय सुमन भुजेलमाथी सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीय देवबहादुर पाण्डे र ३० वर्षीय रन्जन पाण्डे रहेका छन् ।

पुस १६ गते बुधबार राति पाण्डेद्वयले समुनमाथी धारिलो हतियारले आक्रमण गरि गम्भिर घाइते बनाई ज्यान मार्ने प्रयास गरेका थिए । आक्रमण गर्ने पाण्डेद्वयलाई प्रहरीले बुधबार राती नै पक्राउ ग¥यो ।

उनीहरुलाई विहिबार जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग अन्तर्गत म्याद थप गरि अनुसन्धानकोलागि हिरासमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

‘आक्रमणमा संलग्नलाई अदालतबाट म्याद थप गरी घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ’ डिएसपी विकले भने ‘कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ घाइते सुमनको काठमाडौंमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन