राप्रपा तनहुँको अधिवेशन सम्पन्न, अध्यक्षमा केसी निर्विरोध

Devghat Online

शेयर गरौ

तनहुँ । पुस २०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको नवौं जिल्ला अधिवेशन आइतबार दमौलीमा सम्पन्न भयो । उक्त अधिवेशबाट इमबहादुर केसी अध्यक्षमा निर्विरोध निर्वाचित भए । अध्यक्षका लागि निवर्तमान अध्यक्ष विनोद घर्ति र केसीले उम्मेदवारी दर्ता गराएकोमा घर्तिले उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित केसीले पार्टीको नेता तथा कार्यकर्ताको भावना अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले गाउँ गाउँ डुलेर पार्टीको संगठन बलियो बनाउने र राप्रपालाई बलियो बैकल्पिक शक्ति बनाउने बताए ।

निवर्तमान अध्यक्ष बिनोद घर्तीको अध्यक्षतामा भएको उक्त अधिवेशनको राप्रपाका उपाध्यक्ष हेमजङ गुरुङले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष गुरुङले आफ्ना अपराध लुकाउन र जेल जानबाट बच्नका लागि काँग्रेस र एमाले चुनावमा मिलेर जाने तयारीमा रहेको बताए । अव जनताले यस्ता शक्तिहरूलाई चिन्नुपर्ने बेला आएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि