तनहुँ । पुस २०
मिलिजुली युवा क्लव बन्दीपुर गाउँपालिका–६ खहरेको आयोजनामा खहरेमा सञ्चालित आठौं मिलिजुली कप २०८२ को उपाधि नवलपुरको बुलिङटारमा रहेको बुलिङटार युवा क्लवले जितेको छ । जितसँगै बुलिङटार युवा क्लवले नगद एक लाख सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।



तमु ल्होछारको अवसरमा गत पुस १६ गतेदेखी सन्चालित उक्त खुल्ला भलिवल प्रतियोगितामा आयोजक मिलिजुली युवा क्लव बन्दीपुर–६, खहरे द्वित्तिय र कोइदिम युवा क्लव ऋषिङ–१ तृतिय भए । दोश्रो र तेश्रो हुने टिमले क्रमशः ७० हजार र ४० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना पुरस्कार भने शुक्लागन्डकी–१० को मान्द्रे युवा क्लवले हात पा¥यो ।
प्रतियोगितामा बिजयी टिम र खेलाडीलाई शनिबार बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष थापाले यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभाहरुको पहिचान भई राष्ट्रिय तथा अन्तर्राष्टिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । अध्यक्ष थापाले खेल मार्फत पनि बन्दिपुर गाउँपालिकालाई पर्यटकिय स्थल बनाउन सकिने बताए । आगामी वर्षमा भलिवल खेल मैदान सुुधारको लागि गाउँपालिकाले रकम उपलब्ध गराउने र प्रतियोगिताको प्रथम पुरुस्कार पनि गाउँपालिकाले उपलब्ध गराउने अध्यक्ष थापाले प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ र बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्ना मगरले सबैको साथ र सहयोगले क्लबले आजसम्मको यात्रा गरेको चर्चा गर्दै क्लबले निरन्तर कार्यक्रम गर्दै जाने बताए । आफ्नो संस्कार र सस्कृतीलाई जोगाउन पर्छ भन्ने उद्देश्य लिएर बिगतका दिनहरुमा विना सुविधा कार्यक्रम गर्दै आएको र सुरुवातको क्षणमा कुखुराको भाले पुरस्कार दिएर खेल खेलाउदै आएको र आजको क्षण सम्म आउदा प्रथम पुरुस्कार १ लाख सम्मको खेल खेलाउन सक्ने भएको मगरले बताए । यो क्षणसम्म आउदा धेरै अवरोधहरु पार गर्दै आएको भन्दै उनले आगामी दिनहरुमा अझ युुवा क्लव मार्फत समाज रुपान्तरणमा धेरै महत्वपूर्ण भुमिका खेल्ने मगरले बताए ।
जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डेद्वारा उद्घाटन भएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका ३८ टिमको सहभागीता रहेको क्लवका सचिव जितबबहादुर थापाले बताए ।












