भुपु विद्यार्थी समितिद्वारा कालिका माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस २२

भुपु विद्यार्थी समिति कालिका मावि देवघाट–५ ले मंगलबार उक्त विद्यालयका १३१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस श्री १००८ स्वामी ज्ञानन्द सरस्वतीले विद्यार्थी भएपछि आफ्नो आफ्नो लक्ष्य के हो त्यसमा केन्द्रीत हुनुपर्ने बताए । आफुले शिक्षा हासिल गरेको ठाउँलाई आफू जहाँ भए पनि आफ्नो क्षेत्रबाट सहयोग गर्न पर्ने उनले बताए । आफुले शिक्षा हासिल गरेको स्थान सधै आफ्नो ऋणी रहेको र ऋण तिर्नलाई आफुले आफ्नो क्षेत्र केही न केहीको माध्यम बाट सहयोग गर्न पर्ने स्वामी ज्ञानानन्द सरस्वतीले बताए । आज कालिका माविको भुुपु विद्यार्थीहरुबाट जसरी उदाहरणीय काम भएको छ, त्यसरीनै हरेक भुपु विद्यार्थीले हरेक विद्यालयमा यस्तो कामहरु गर्नुपर्ने उनले बताए ।

सो कार्यक्रममा कालिका माविका प्रअ शरदचन्द्र खनालले पछिल्लो समयमा भुपु विद्यार्थीले उल्लेखनीय काम गर्दै गएको बताए । विद्यार्थीको भविष्य र विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा भुपु विद्यार्थीको पनि ठुलो हात रहेको खनालले बताए । हरेक भुपु विद्यार्थीबाट यस्तो सहयोग मिल्ने हो भने विद्यालयलाइ धेरै राम्रो हुने खनालले बताए ।

उक्त कार्यक्रम भुपु विद्यार्थी समिति कालिका माविका अध्यक्ष विकास ढकालको अध्यक्षतमा भएको थियो । सो क्रममा बोल्दै ढकालले हरेक भुपु विद्यार्थीले आफुले पढेको विद्यालयमा योगदान पुर्याउन सके विद्यार्थी भाइवहिनीको र विद्यालयको भविष्य राम्रो हुने भएकाले भुपु विद्यार्थी मिलि न्यानो कपडा वितरण गरिएको ढकालले बताए । मानिसले आफुले कमाएको कही रकम र समय सामाजिक र शैक्षिक क्षेत्रमा लगाउन सके समाज रुपान्तरण हुन समय नलाग्ने ढकालले बताए । सो न्यानो कपडा वितरण अभियानमा देश देखि लिएर विदेश सम्मका भुपु विद्यार्थी मनकारी दाताहरुले सहयोग गरेको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको