तनहुँका दुबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ३

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि तनहुँमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ०८२ माघ २ गते तनहुँ क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम दमौली स्थित एकिकृत सेवा कार्यालयको भवनमा र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय शुक्लागन्डकी नगरपालिकाको भवनमा स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय र निर्वाचन अधिकृतको कार्यालय प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले गरेका थिए ।

यक्त अवसरमा बोल्दै मुख्य निर्वाचन अधिकृत उपाध्यायले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले निर्वाचन लोकतन्त्रको प्राण भएको भन्दै यसलाई मर्यादित बनाउन पूर्ण निष्पक्षताका साथ काम गर्ने बताए । निर्वाचन सफल पार्न राजनीतिक दल र आम मतदाताको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

तनहुँको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश विष्णुप्रसाद उपाध्याय र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतमा भेषराज पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय