बन्दिपुरका होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छताका आधारमा स्तरीकरण

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ३

पर्यटकीय नगरी बन्दिपुरमा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टहरूको खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँको टोलीले बन्दिपुरका होटल तथा रेष्टुरेन्टहरूको अनुगमन तथा मूल्यांकन गरी स्तरीकरण गर्दै स्टिकर प्रदान गरेको हो ।

खाद्य स्वच्छता मापदण्डका आधारमा गरिएको मूल्यांकन अनुसार ५० देखि ५९ अंक प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टलाई पहेंलो स्टिकर र ६० अंक वा सोभन्दा माथि प्राप्त गर्ने होटल तथा रेष्टुरेन्टलाई हरियो स्टिकर प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँका प्रमुख ज्योति आचार्यले जानकारी दिए ।

बन्दिपुरमा रहेका जम्मा २६ वटा होटल तथा रेष्टुरेन्टमध्ये ९ वटा मात्रै हरियो स्टिकर प्राप्त गरी स्तरीकरणमा पर्न सफल भएका छन् । क्याफे रेड क्यासलले ‘उत्तम’ (ग्रिन टु स्टार) स्तर प्राप्त गरेको छ भने बन्दिपुर गेष्ट हाउस, श्रेष्ठ होटल एण्ड रेष्टुरेन्ट, द ओल्ड इन बन्दिपुर, बन्दिपुर बैदार क्याफे र कोजी माउण्टेनले ‘मध्यम (ग्रिन वान स्टार)’ स्तर प्राप्त गरेका छन् ।

त्यसैगरी होटल तीन धारा, सम्सारा बन्दिपुर रेष्टुरेन्ट तथा गाउँघर प्रालि ‘सन्तोषजनक’ स्तरमा रहँदै पहेंलो स्टिकर प्राप्त गरेका छन् । अन्य होटल तथा रेष्टुरेन्टलाई आवश्यक सुधार गर्न समय उपलब्ध गराउँदै अनुसूची–५ को स्टिकर टाँस गरिएको जनाइएको छ ।

कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ बन्दिपुर इकाइ, रेवान, हान, टानका प्रतिनिधि, नागरिक अगुवा तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय