माग संख्या नपुगेपछि निर्वाचन प्रहरी भर्ना गर्न तेश्रो पटक म्याद थप

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १०

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि तनहुँमा आवश्यक पर्ने निर्वाचन प्रहरीको माग अनुसारको संख्या नपुगेपछि तेश्रो पटक भर्ना खुलाईएको छ । तनहुँमा नेपाल प्रहरी अन्तर्गत १५७२ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएपनि यसअघि दुईपटक खुलाईएको भर्नामा आवदेन दिएका १२३६ जना मध्ये १२१६ जनाले मात्रै लिखित परिक्षा उत्तिर्ण गरेका थिए ।

शुक्रबार भएको लिखित परिक्षामा १२१६ जना उत्तिर्ण भएपछि थप ३६५ जनाकोलागि तेश्रो पटक भर्ना खुलाईएको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार सुचना प्रकाशन गरि माघ १० गते शनिबार र ११ गते आइतबार दुई दिन थप आवेदन दिन पाईने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाहेक सशस्त्र प्रहरी गण भानु, इलाका प्रहरी कार्यालय आबुँखैरेनी, बन्दीपुर, भानु नारेश्वरटार र खैरेनी बेलचौतारामा समेत आवेदन दिन पाईने सुचनामा जनाईएको छ । त्यसैगरि यस अघि आवेदन दिएका मध्ये लिखित शुक्रबार भएको लिखित परिक्षामा सहभागी हुन नसकेकाहरुले पनि १२ गते विहान हुने परिक्षामा सहभागी हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुनकोलागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यसबाहेक साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलमा आवद्ध नभएको, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको तथा कुनै आतंकबादी तथा बिध्वंसात्मक संगठनको सदस्य नभएको हुनुपर्ने छ ।

निर्वाचन प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । निर्वाचन प्रहरीको रुपमा सेवा गरेवापत ४० दिनको एकमुष्ठ ३४ हजार ७७६ तथा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले प्राप्त गर्ने अनुसारको खाद्यान्न वापतको रकम पनि प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास