तनहुँ । माघ ११
म्याग्दे गापा–४ कोलडाँडा स्थित कोलडाँडा थर्पु भित्री सडकखण्डमा आइतबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा म्याग्दे गापा–४ कोलडाँडा बस्ने बुद्दी बहादुर घर्तीको छोरी १३ वर्षिया कोइस्का घर्ती रहेकी छिन् । दुर्घटनामा घाइते भएकी उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा सोही ठाउँका १५ वर्षिय दिपसन घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आइतबार बिहान ७.३० बजे कोलडाँडाबाट थर्पु तर्फ आउदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप भ्यान चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी २० मिटर तल खस्न जाँदा सो दुर्घटना भएको थियो । भ्यान चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।












