निजी क्षेत्रसँगको सहकार्य बिना विकास सम्भव छैनः भट्टराई

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १३

नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना देशको समग्र आर्थिक विकास सम्भव नहुने स्पष्ट पारेका छन् । तनहुँका उद्योगी तथा व्यवसायीहरूको मंगलबार दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले विकास र रोजगारी सिर्जनाको मुख्य आधार नै निजी क्षेत्र भएको बताए ।

राज्यको क्षमताले मात्रै सबै नागरिकलाई रोजगारी दिन नसकिने भन्दै उनले निजी क्षेत्रले उद्योग, व्यापार र सेवामार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको बताए । ‘सबैले सरकारी जागिर पाउने अवस्था छैन । आज वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि अन्ततः निजी क्षेत्रकै उद्योग र व्यवसायसँग जोडिएर आर्जन गरिरहेका छन्’ भट्टराईले भने ‘त्यसैले स्वदेशमै उद्योगधन्दा फस्टाउने वातावरण बनाउनु नै दिगो विकासको आधार हो ।’

नेता भट्टराईले नेपाली कांग्रेसले अवलम्बन गरेको खुला बजारमुखी आर्थिक नीतिकै कारण देशमा निजी क्षेत्रको विकास र विस्तार सम्भव भएको दाबी गरे । उनले उद्योगी तथा व्यवसायीले भोग्दै आएका समस्या समाधान, लगानीमैत्री नीति निर्माण र उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा आफू सधैँ प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।

निजी क्षेत्र र राज्यबीच सहकार्य मजबुत भए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुने उल्लेख गर्दै भट्टराईले विकासका हरेक पहलमा उद्योगी व्यवसायीको भरोसा र साझेदारी अपरिहार्य रहेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको