भानुका महिलाहरुमाझ भगवती न्यौपाने, महिला मतदाता भन्छन्–‘पहिलोपटक आफ्नो प्रतिनिधि पायौं’

Devghat Online

शेयर गरौ

तनहुँ । माघ १३

अखिल नेपाल महिला संघ भानु नगर कमिटिले मंगलबार आयोजना गरेको कार्यक्रममा नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपाने मुख्य आकर्षण थिईन् । महिलाको हक हित र महिला आन्दोलनमा तिन दशकदेखी समर्पित न्यौपाने आफ्नो भाषण कलाले मात्र नभै महिलाहरुसँगै गित र गायनमा पनि उत्तिकै पोख्त छिन् । त्यसकारण जुनसुकै आस्था र विचार समुहका महिलाहरुको माझ पनि भगवती लोकप्रिय छिन् ।

तनहुँमा मुख्य राजनीतिक दलहरुले पुरुषलाई नै उम्मेदवार बनाउँदै आएका छन् । २०४८ साल यताका निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा पहिलो पटक मुख्य दलबाट महिलालाई उम्मेदवार बनाईएको छ । मतदाताको संख्या हेर्दा तनहुँमा दुबै क्षेत्रमा पुरुषको भन्दा महिलाको नै धेरै छ, तर प्रमुख राजनीतिक दलहरुले महिला मतदाताको मत लिने तर उम्मेदवार नबनाउने गर्दै आएको अवस्थामा नेकपा एमालेले यसपटक लोकप्रिय महिला नेतृ न्यौपानेलाई उम्मेदवार बनाएपछि महिला मतदाता पनि बल्ल आफ्नो प्रतिनिधि पायौं भनेर खुसी भएका छन् ।

मंगलबार भानु नपा १ मा आयोजित महिला भेलामा उपस्थित महिलाहरुले यसपटक बल्ल आफ्नो प्रतिनिधि चयन गर्न पाउने भइयो भनेर खुसी व्यक्त गरेका थिए । ‘जसले आफ्नो सम्पुर्ण जिवन नै, देश र समाजको लागि योगदान गर्नुभयो, त्यस्तो व्यक्तिलाई छान्न पाईने भयो’ कार्यक्रममा उपस्थित भएका महिलाहरुले भने ‘भगवती न्यौपानेलाई पार्टीको उम्मेदवारको रुपमा भन्दा पनि महिला अधिकारको आन्दोलनको योद्धाको रुपमा हामी चिन्छौं ।’

भानुमा मात्रै नभई सोमबार देवघाटमा आउँदा पनि न्यौपानेलाई महिलाहरुले त्यसरी नै स्वागत, सत्कार गरेका थिए । ‘पहिलोपटक महिलाको आवाज बोल्ने उम्मेदबार पायौं’ देवघाट गाउँपालिका–५ की सावित्री न्यौपानेले भनिन् ‘सबै महिलाहरुले राजनीतिक आँखाले भन्दा माथी उठेर भगवती न्यौपानेलाई बिजयी गराउनुपर्छ ।’

उम्मेदवार न्यौपानेले पनि आफ्नो सम्पुर्ण जिवन नै देश र समाजको लागि त्याग गरेको बताइन् । ‘म मा राजनीतिक चेत भएदेखी नै समाज परिवर्तन र समाजमा भईरहेको लैङ्गिक र अन्य विभेद र असमानताको विरुद्ध आवाज उठाएँ’ न्यौपानेले भनिन् ‘संसदमा बोल्ने क्रममा पनि महिलाको मुद्धालाई स्थापित गर्न सक्दो प्रयत्न गरें ।’ उनले यसपटक तनहुँ क्षेत्र नम्बर १ मा आफु उम्मेदवारको रुपमा आएको भन्दै सम्पुर्ण महिलाले आफ्नै उम्मेदवार ठानेर सहयोग गर्ने विश्वास रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका