देवघाटमा नेपाली काँग्रेसको प्रचार प्रसार कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

देवघाट । माघ १५

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत देवघाट गाउँपालिकामा प्रतिनिधि सभाका उम्मेदवार गोविन्द भट्टराईको चुनावी प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । वडा नम्बर ५ को घिनाटारमा स्थापना गरिएको प्रचार प्रसार कार्यालयको नेपाली काँग्रेस प्रदेश क्षेत्र नम्बर १ (ख) सभापति काजिमान श्रेष्ठले विहिबार उद्घाटन गरे ।

कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै सभापती श्रेष्ठले पार्टीको उम्मेदवारलाई बिजयी गराउन सबै पदाधिकारीहरु आममतदाता हरुको घर आंगनमा पुगेर अनुशासित ढंगले प्रतिनिधि सभाका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गर्नु पर्ने बताए ।

नेपाली कांग्रेस देवघाट गाउँपालिकाका कार्यवाहक सभापति पुरुषोत्तम शर्मा पण्डितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु भिम कुमारी थापा, अर्जुन अधिकारी, वाबुराम पौडेल, प्रदेश उपसभापति राधा खनाल, क्षेत्र नम्बर १ का सहसचिव शैलेश खाती, नेविसंघका केन्द्रिय सदस्य प्रविण कैनी, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि सुजन बिष्ट, विष्णु प्रसाद सापकोटा, ट्रेड युनियन काँग्रेसका गन्डकी प्रदेशका सदस्य कृष्ण खनाल लगायत देवघाट गाउँपालिका तथा वडाका पार्टीका पदाधिकारी र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय