पुर्व प्रशासक सहित प्राविधिकहरु नेपाली काँग्रेसमा प्रवेश

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २१

पूर्व प्रशासक जितबहादुर भण्डारी सहित केही प्राविधिकहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल सरकारको सेवा निबृत्त उपसचिव भण्डारी सहित सेवा निवृत्त इन्जिनियरहरू ज्ञानेन्द्र आचार्य, महेन्द्र कुँवर र बिरेन्द्र अधिकारी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । व्यास नपा ९ निवासी भण्डारी तनहुँको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेकै अवस्थाा दुई वर्ष अघि अनिवार्य अवकास भएका थिए ।

मंगलबार व्यास नपा ९ को गजौंडेमा आयोजित कार्यक्रममा भण्डारी सहित सेवा निबृत्त प्राविधिकहरुले नेपाली काँग्रेसमा प्रवेश गरि सदस्यता लिएका थिए । भण्डारी सहित नवप्रवेशीहरुलाई नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई, काँग्रेस केन्द्रीय सदस्य प्रकाश पन्थ, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, र गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले माला र खादा लगाएर औपचारिक स्वागत गरेका थिए ।

पार्टी प्रवेश पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले गोविन्द भट्टराई एक विकासप्रेमी, निष्ठावान र सादगीपूर्ण नेता भन्दै आगामी चुनावमा भट्टराईलाई अत्यधिक बहुमतले जिताउनका लागि सबैमा आग्रह गरे । सबै एक जुट भएमा मात्रै कांग्रेसको विजय सुनिश्चित हुने भण्डारीले बताए ।

लामो समय प्रशासनिक सेवामा अनुभव हासिल गरेका भण्डारी र प्राविधिक क्षेत्रका व्यक्तित्वहरूको आगमनले नेपाली काँग्रेसको स्थानीय स्तरमा संगठनात्मक बल अझ मजबुत बनाउने विश्वास गरिएको नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । यो कदम नेपाली काँग्रेसको लागि एक महत्वपूर्ण माइलस्टोन भएको र अनुभवी तथा प्राविधिक नेताहरुको प्रवेशले पार्टीको भविष्यमा ठूलो प्रभाव पार्ने खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू