तनहुँ । माघ २६
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामदत्त (अभिषेक) जोशीले तनहुँ देवभुमी भएको हुँदा उक्त देवभुमीलाई विश्वमाझ पु¥याउन आफु चुनावी मैदानमा आएको बताएका छन् । राप्रपाद्वारा सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले देवताहरुको जमघट हुने स्थान देवघाट, महर्षी वेदव्यासको जन्मस्थल दमौली, व्यासकी आमा छाब्दी बाराही लगायत महत्वपुर्ण भुमीको प्रचार प्रसार र यस क्षेत्रको महत्वलाई विश्वमाझ चिनाई धर्म संस्कृतीको माध्यमबाट समृद्ध बनाउने आफ्नो उद्देश्य रहेको बताए ।



मुक्तीनाथमा वर्षेनी लाखौं भारतीय पर्यटक जाने गरेपनि आदिप्रयागको रुपमा लिईने देवघाटधाम र महर्षी व्यासको जन्ममुभीमा ति पर्यटकलाई लैजान नसकिईरहेको अवस्थामा आफुले यस क्षेत्रको महत्व र गरिमालाई विश्वमाझ पु¥याई यहाँको कला, धर्म र संस्कृतीको प्रचार प्रसार र सम्बद्र्धन गरि आर्थिक समृद्धीको लागि काम गर्ने जोशीले बताए ।

धर्म र संस्कृती नाश हुँदै जाँदा देशको अस्तित्व पनि संकटमा पर्दै जाने हुँदा आफुले धर्म र संस्कृतीको रक्षाकोलागि देवभुमी तनहुँबाट उम्मेदवारी दिएको जोशीले बताए । राजसंस्थाको अन्त्य गरेपछि धर्म र संस्कृतीमाथी पनि अतिक्रमण हुँदै गएको हुँदा राजसंस्थाको पुनस्थापना गरि नेपाललाई सनातन धर्मको मुलुक बनाउने आफ्नो उद्देश्य रहेको र तनहुँका जनताले आफ्ने उद्देश्यलाई अनुमोदन गर्ने विश्वास लिएको जोशीले बताए ।
हिन्दु धर्मको अभियन्ता समेत रहेका जोशीले तनहुँ जिल्ला देवघाट जस्तो पवित्र देवभुमी रहेको, महर्षी वेदव्यासको जन्मस्थान रहेको तथा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान रहेको कारणले पनि यो ठाउँको गरिमा जोगाउन उम्मेदवार बनेको बताए । तनहुँको निर्वाचन क्षेत्रबाट हिन्दु विरोधीले चुनाव जित्न नहुने मान्यतामा उनी छन् । सोही कारण पनि जोशी सनातन धर्मको रक्षाकोलागि आफु चुनावी मैदानमा आएको बताउँछन् ।
‘भाषणमा हिन्दुलाई पार्टी छोडेर जाउ भन्नेहरु मन्दीरमा गएर घन्ट बजाउँछन्’ जोशीले भने ‘भोट चाहिने बेलामा हिन्दुको मन्दिर चाहिने, हिन्दुको भोट चाहिने तर व्यवहार चै क्रिश्चियनिटिकरण गर्ने ?’ धर्म निरपेक्षता ठिक छ भन्नेहरुले मस्जिद र चर्चबाट किन आफ्नो चुनावी अभियान सन्चालन गर्न नसेकेको ? जोशीले प्रश्न गरेका छन् ‘भोट चाहिने बेलामा चाहीँ हिन्दुको मन्दिर चाहिन्छ तर व्यवहार चैं हिन्दु विरोधी गर्ने ।’

८० प्रतिशत हिन्दू जनसंख्याले सोच्नुहोस; बुझ्नुहोस् र प्रष्ट हुनुहोस् भन्दै जोशीले हिन्दू अधिराज्य कुनै आस्था विरुद्धको एजेण्डा होइन, नेपालका चार सभ्यता–संस्कृति हिन्दू, बौद्ध, किराँत र बोनको संवैधानिक सम्बोधनको चाहना भएको बताए । यी बाहेक अन्य धर्मावलम्बीले पनि पूर्ण स्वतन्त्रताका साथ आफ्नो आस्थाको अभ्यास गर्न पाउनेछन् । उनले भने ‘कसैसँग विभेद गर्ने; कसैलाई अपहेलित गर्ने; कसैका अधिकार खोस्ने मेरो चाहना छैन र होइन पनि ।’
खराब नियत र बुझाइ भएका मान्छेले हिन्दू अधिराज्यको चाहनालाई गलत ढंगले व्याख्या गरिरहेको भन्दै उनले यस्ता गलत कुरालाई नपत्याउन सबैलाई अनुरोध गरे । ‘४ वेद, १८ पुराण, ब्रम्हसूत्र, मीमांसा, भागवत् गीता एवं विश्वको सबैभन्दा ठूलो महाकाव्य महाभारतका रचयिता, ज्ञानको दिव्य ज्योति, हिन्दु धर्मको सार–महर्षि ऋषि वेदव्यास जन्मिएको देवो तथा तपोभूमि तनहुँलाई विश्वसामु चिनाउने जोशीले प्रतिबद्धता जनाए ।
उक्त पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय कला र संस्कृती विभागका प्रमुख पृथ्विनारायण श्रेष्ठले सनातन धर्मको रक्षा र नेपाल राष्ट्रको अभिभावकको रुपमा रहेको राजसंस्थालाई पुनस्थापना गर्ने राप्रपाको मुख्य एजेण्डा रहेको हुँदा धर्म सापेक्षवादी र राजसंस्थावादीहरुले राप्रपालाई मतदान गर्नुपर्ने बताए ।












