देवघाटमा शतचण्डी महायज्ञः बिदा भईन् देवी प्रतिभा

Devghat Online

शेयर गरौ

देवघाट । माघ २७

पवित्र धार्मिक स्थल देवघाटधाममा गत माघ १९ गतेदेखी जारी शतचण्डी महायज्ञ एवं देवघाट माघ–महोत्सवमा कथा वाचन गर्न आएकी विश्व विख्यात अन्तराष्ट्रिय कथा वाचिका देवी प्रतिभा मंगलबार बिदा भएकी छिन् । महायज्ञको मुख्य आकर्षण रहेकी उनलाई नवौं दिन मंगलबार आयोजकले बिदाई गरेको हो ।

देवीलाई हेर्न टाढा टाढाबाट भक्तजन देवघाट आएका थिए । नेपालकी चेली देवी प्रभिभा भारतको बृन्दावनमा बसेर कथा वाचन गर्दै आएकी छिन् । उनी भारत तथा अन्य तेश्रो मुलुकमा पनि निकै लोकप्रिय छिन् । देवघाटमा उनको दोश्रो कथा वाचन हो । यस अघि पहिलो पटक गत वर्ष इश्वरकृष्ण महाराजको संकल्पमा आयोजित देवघाट महा महोत्सवमा कथा वाचन गर्न देवघाट आएकी थिइन् ।

देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको दुर्गा पान्चायन मन्दिर (राम राम मन्दीर) को आयोजना तथा भागवत बाचक आचार्य शीतल कृष्णको संकल्पमा उक्त देवघाट माघ–महोत्सव तथा शतचण्डी महायज्ञ गरिएको हो । उक्त धार्मिक महोत्सव माघ २९ विहिबारसम्म चल्नेछ ।

देवघाटमा रहेको निकै पुरानो दुर्गा पान्चायन मन्दिरको जिर्णाेद्वारा तथा आश्रम निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सव गर्न लागिएको महायज्ञका संकल्पकर्ता एवं भागवत बाचक आचार्य शीतल कृष्ण महाराजले बताए । ऋषिमुनीहरुको तपोभुमीको रुपमा लिइने तथा पवित्र त्रिशुली र कालीगन्डकीको संमगमा माघ महिनामा स्नान गर्नाले ठुलो पुण्य प्राप्त हुने विश्वास छ ।

दुर्गा पान्चायन मन्दिरको रुपमा चिनिने राम राम मन्दीरमा ४० वर्ष देखी अखण्ड रुपमा बलीरहेको अग्नीधुनीमा महायज्ञको अवसरमा आफ्नै घरबाट लगेको चरु हवन गर्न पाइने महायज्ञका संकल्पकर्ता आचार्य शीतल कृष्णले बताए । महायज्ञको क्रममा तनहुँ तर्फ मन्दिर रहेको स्थानमा १११ चण्डीपाठन तथा अग्नीधुनीमा चरु हवनको कार्यक्रम हुने र चितवन तर्फ नारायणी किनारमा निर्माण गरिएको विशाल पाण्डालमा नियमित कथा वाचन, भजन र नृत्यका कार्यक्रम तथा साँझमा गन्डकी आरती हुनेछ ।

उक्त महायज्ञमा संकल्पकर्ता शीतलकृष्ण आचार्य सँगै, इश्वरकृष्ण, दिनबन्धु पोख्रेल, नारायण न्यौपाने, कुवेर सुवेदी लगायत कथा वाचकहरुले भागवत कथा बाचन गर्नेछन् । उक्त धार्मिक अनुष्ठान मार्फत राष्ट्रको शान्ति तथा समाजको समृद्धि र मानव कल्याणको कामना गरिने छ । माघ महिनाको पवित्र अवसरमा आयोजना हुने यस धार्मिक पुण्य लाभ लिन सबै श्रद्धालु भक्तजनहरुमा महोत्सवका संयोजक तथा दुर्गा पान्चायन मन्दिरका अध्यक्ष गोपिचन्द्र भुषालले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको