क्रिकेटका पुर्व कप्तान मल्ल भन्छन्ः व्यास गुफाले धार्मिक पर्यटनको गन्तव्य बन्ने सामथ्र्य राख्छ

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २७

नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले दमौली स्थित व्यास गुफालाई धार्मिक पर्यटनको शिर्ष गन्तव्य बनाउन सकिने बताएका छन् ।

मंगलबार बिहान व्यास गुफा परिसरमा बसेर ध्यान गर्र्दै गरेको फोटो राख्दै मल्लले भने ‘यो पवित्र स्थान विश्वस्तरीय पर्यटकीय पूर्वाधार र प्रविधिमैत्री प्रचारले सजाउन सके, यसले नेपालको धार्मिक पर्यटनलाई शीर्ष गन्तव्य बनाउने सामथ्र्य राख्दछ ।’

दमौलीलाई आफ्नो मामाघर भन्दै मल्लले व्यास गुफालाई संसारलाई चार वेद र १८ पुराणको दिव्य प्रकाश दिने तपोभूमि भनेका छन् । मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको सुचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल