स्वतन्त्र उम्मेदवार जोशी मतदाताको घरदैलोमा

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २७

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपक राज जोशी निरन्तर मतदाताको घरदैलोमा पुगिरहेका छन् । जोशीले मंगलबार बन्दीपुर, दुईपिप्ले, डुम्रे साझबोटे, नयाँबस्ती, केबलकार बेस स्टेशन तथा विमलनगर क्षेत्रमा घरदैलो गरि मतदातालाई भेट गरे ।

उक्त कार्यक्रममा जोशीले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता तथा तनहुँबासीले भोगिरहेका विभिन्न समस्याहरूका बारेमा विस्तृत छलफल गरेका थिए । सो क्रममा स्थानीयवासीहरूले रोजगारीको अभाव, स्वास्थ्य सेवाको पहुँच, गुणस्तरीय शिक्षा, सडक तथा यातायातको अवस्था, खानेपानी, कृषि तथा स्थानीय आर्थिक अवसरको अभाव जस्ता विषयमा गुनासा र सुझावहरू राखेका थिए ।

उम्मेदवार जोशीले जनताका समस्याहरूलाई नजिकबाट बुझ्दै समाधानमुखी नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तनहुँको समग्र विकास, युवालाई रोजगारीको अवसर सिर्जना, स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोग तथा पारदर्शी र जवाफदेही शासन प्रणालीका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताए ।

घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन गर्ने अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहने जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ