मनराज भन्छन्ः तनहुँ–२ मा एमाले र काँग्रेसको प्रतिश्पर्धा हुन्छ

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २७

मनराज गुरुङ, तत्कालिन नेकपा माओवादी केन्द्रका गन्डकी प्रदेश समितिका सदस्य थिए । बाल्यकालदेखी नै माओवादी आन्दोलनमा लागेका उनी २०७४ को स्थानीय तहको निर्वाचनमा शुक्लागन्डकी नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा निर्वाचित भए । त्यसबेला उनी नेपालकै कान्छा वडा अध्यक्ष बनेका थिए ।

वडा अध्यक्ष बनेपछि उनको राजनीतिक उचाई पनि बढ्यो, उनी माओवादी केन्द्रको शुक्लागन्डकी नगर कमिटिका अध्यक्षमा निर्वाचित भए, साथै तनहुँ जिल्ला कमिटिको सदस्य पनि भए । उनी जनजाती आन्दोलनमा पनि सक्रिय थिए । आफ्नो गाउँमा कृषि, पर्यटन तथा सहकारी अभियानमा समेत जोडिए । त्यसले उनलाई वडा अध्यक्षको कार्यकाल सकिएपछि समाजसेवी बनायो । उनको भुमिका देखेको माओवादी पार्टीले उनलाई गन्डकी प्रदेश समितिको सदस्य समेत बनायो ।

यसैविचमा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादी लगायतको घटकहरुविच एकता भएपछि मनराजले माओवादी पार्टी आफ्नो एजेण्डाबाट बिचलित भएको भन्दै एकताप्रति असहमती जनाउँदै विज्ञप्ति प्रकाशित गरि माओवादी पार्टी पनि छाडे । माओवादी छाडेपछि उनी तत्कालिन मन्त्री कुलमान घिसिङको सम्पर्कमा पुगे । मन्त्री घिसिङलाई तनहुँ जिल्लामा ल्याएर विभिन्न योजनाहरुको अनुमगमनमा समेत पु¥याए । मनराजलाई मन्त्री घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले गन्डकी प्रदेशको संयोजक समेत बनायो । गत माघ ६ गते प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्ताको क्रममा मनराजले उज्यालो नेपालबाट तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारी दिए ।

यसैक्रममा माघ ८ गते सबैलाई अचम्मित बनाउँदै मनराजले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपानेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिए । मनराजको उम्मेदवारी फिर्तालाई रास्वपाले निकै प्रचार प्रसार ग¥यो । स्थानीय स्तरमा राम्रो पहुँच बनाएका मनराजलाई आफ्नो पार्टीको पक्षमा ल्याउन सफल भएपछि चुनाव जिते झैं रास्वपाले प्रचार प्रसार गरेको थियो । तर मनराजले रास्वपाको चुनाव जित्ने महात्वाकांक्षमा माघ २६ गते चिसो पानी खन्याईदिएका छन् ।

उनले माघ २६ गते साँझ फेसबुकमा स्टाटस लेख्दै तनहुँ क्षेत्र नम्बर २ मा नेकपा एमाले र नेपाली काँग्रेस विच नै मुख्य प्रतिश्पर्धा हुने भन्दै रास्वपाका उम्मेदवार तथा कार्यकर्ताहरुलाई निराश बनाईदिए । हुन त मनराजको विश्लेषण मिल्छ भन्ने हुँदैन तर पनि मनराजको समर्थनलाई लिएर रास्वपाले जसरी प्रचार गरेको थियो, उनले गरेको विश्लेषणले रास्वपाका कार्यकर्ताहरु निराश बन्ने अवस्था सिजर्ना भयो ।

मनराजले आगामी चुनावको सम्भावित नतिजा भन्दै मुख्य भिडन्त काँग्रेस र एमाले विच नै हुने र झिनो मत अन्तरमा हारजित हुने विश्लेषण गरेका छन् । उनले निर्वाचनमा नेपाली काँग्रसले ३० प्रतिशत, नेकपा एमालेले २५ देखी ३२ प्रतशित, नेपाली कम्युनिष्ट पार्टीले १० देखी १५ प्रतिशत र रास्वपाले १५ देखी २० प्रतिशत मत ल्याउने अनुमान गरेका छन् । त्यस्तै राप्रपा लगायत अन्यले ८ देखी १३ प्रतिशत मत ल्याउने उनले अनुमान गरेका छन् ।

यसैविच मनराज निकट भविष्यमा काँग्रेस वा एमाले मध्ये कुनै एक पार्टीमा प्रवेश गर्ने जनाईएको छ । उनलाई पार्टीमा भित्र्याउन काँग्रेस र एमालेका नेताहरुले छलफल गरेपनि उनी स्वयंले भने कुन पार्टीमा प्रवेश गर्ने भन्ने निर्णय गरिसकेका छैनन् । यसविषयमा लोकवाणीले उनीसँग राखेको जिज्ञासामा यसबारेमा अहिलै निर्णय गरिनसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय