गुगल हैन, भुगोल बुझेकोलाई भोट दिउँः ढकाल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले गुगलमा चिनिएको भन्दा भुगोल चिनेको उम्मेदवारलाई मत दिनुपर्ने बताएका छन् । चुनावी अभियान अन्तर्गत सोमबार भानु नपा १२ को घलेछाप, बयापानी, छहरे र बोक्से तथा वडा नम्बर १३ को चन्द्रावती बजारका मतदातालाई भेट्न तथा घरदैलो अभियानमा गएका ढकालले तनहुँको भुगोल, यहाँको इतिहाँस, यहाँको सामाजिक रहनसन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, खानेपानी लगायतको सबै विषयसँग म गहिरोसँग जानकार भएको हुँदा तारा चिन्हमा मतदान गरि आफुलाई बिजयी बनाउन अनुरोध गरे ।

ढकालले आफुले जनताको मन र भावना जित्नेगरि काम गर्ने बताए । तनहुँ क्षेत्र नम्बर १ मा साँच्चै जनताको मन जित्नेगरि, जनताको भावनाको कदर हुने गरि काम गर्ने उनको प्रतिबद्धता थियो । जसले यहाँको भुगोल बुझेको हुन्छ, त्यसले मात्रै काम गर्ने ढकालको भनाई थियो ।

तनहुँ जिल्ला भित्र आफुले विगतदेखी नै भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको भन्दै उनले आफ्नो परिचय जिल्लामा भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा पनि भएको बताए । देशको स्वाधिनता र अखण्डताको अहिले खतरामा परेको हुँदा पुनः एकपटक स्वाधिनता र अखण्डताको रक्षाकोलागि लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै ढकालले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वले मात्रै देशको स्वाभिमान र अखण्डताको रक्षा गर्ने बताए ।

भ्रष्टाचार र विसंगतीको अन्त्यसँगै देशभित्रै रोजगारीको सिर्जना हुनुपर्ने र कोही पनि रोगजारीकोलागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले त्यो विषय आफ्नो मुख्य एजेण्डा भएको बताए । सो चुनावी अभियानमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिबहादुर चुमान लगायत नेताहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण