तनहुँ क्षेत्र नम्बर १ः भगवतीले सुनाईन् आफ्नो जितको ६ आधार

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ५

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले आफ्नो जित हुने दावी गरेकी छन् । नेपाल लिड युट्युव च्यानलको निर्वाचन विशेष कार्यक्रम ‘हार्ड टल्क’ मा प्रस्तोता राजेन्द्र बानियाँसँग कुरा गर्दै न्यौपानेले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो जित हुने दाबी गरिन् ।

न्यौपानेले आफ्नो जितको ६ आधार समेत प्रस्तुत गरेकी छिन् । उनको दावी अनुसार एमालेले राष्ट्रियताको सवालमा खेलेको भुमिका, जिल्लामा एमालेको बलियो संगठन, आफुले राष्ट्रिय सभाको सदस्य हुँदा खेलेको भुमिका, ५३ दिन मन्त्री हुँदा खेलेको भुमिका, तनहुँको भुगोलमा भिजेको अनुभव, महिला उम्मेदवार हुनुको फाईदाको कारण आफुले चुनाव जित्ने आधार रहेको बताइन् ।

न्यौपानेको विश्लेषण अनुसार नेकपा एमालेको नेतृत्वमा रहेको सरकार बन्दा राष्ट्रियता, राष्ट्रिय स्वाभिमानको अडान तथा एमालेले विकास निर्माणको अगुवाई गरेको कारण न्यौपानेले चुनाव जित्ने पहिलो आधार हो । त्यसैगरि तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेको बलियो संगठन पनि आफ्नो जितको अर्काे आधार रहेको न्यौपानेले बताइन् । यस अघि २०७९ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेको उम्मेदवारले १९ हजार ९८० मत प्राप्त गरेको र नेपाली काँग्रेसले गठबन्धनको कारण जित निकालेको हुँदा यस पटक सबै पार्टीको आ–आफ्नै उम्मेदवार भएको कारण एमालेले जित्ने न्यौपानेले दाबी गरिन् ।

त्यसैगरि आफु ६ बर्ष राष्ट्रिय सभामा सदस्य रहँदा खेलेको भुमिकाको कारण जनताले आफ्नो मुल्यांकन गर्ने न्यौपानेले बताइन् । आफु राष्ट्रिय सभाको सदस्य हुँदा तनहुँको विकास निर्माणको सवालमा खेलेको भुमिका जनताले देखिरहेको उनले बताइन् । जुनसुकै पार्टीका कार्यकर्ता वा जनप्रतिनिधि आएर आफुलाई खोजेपछि आफुले सम्बन्धित मन्त्रालयमा गएर सहजिकरण गरेको, सदनबाट घच्घचाएको, पहलकदमी लिएको जस्ता काम गरेको न्यौपानेले बताइन् ।

त्यसैगरि कानुन निर्माणको सवालमा आफु सांसद मात्रै वा मुख्य सचेतक हुँदा नेतृत्वदायी भुमिका लिएको न्यौपानेले बताइन् । तर आफुले तनहुँ १ बाट प्रतक्ष्य निर्वाचित भएका सांसदलाई तनहुँको विकासको काममा नेतृत्व लिन सार्वजानिक रुपमा आह्वान गर्दा कुनै चासो नलिएको न्यौपानेले आरोप लगाइन् ।

त्यस्तै आफ्नो जितको अर्काे आधार ५३ दिनको मन्त्रीको कार्यकाल रहेको न्यौपानेले बताइन् । उक्त कार्यकाल स्वर्ण अक्षरले लेखिने न्यौपानेले दाबी गरिन् । ५३ दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दा न्यौपानेले इतिहाँसमै पहिलो पटक उत्कृष्ट काम गरेको सबैले बताउँदै आएका छन् । मन्त्रीको रुपमा न्यौपानेद्वारा सुरु गरिएको पारदर्शी र न्यायपुर्ण प्रशासन अन्तगर्त उल्लेखीय र गौरवपुर्ण काम भएको थियो ।

सो अवधिमा देशभरका सबै स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्ने पद्धत्तीको अन्त्य, दरबन्दी बमोजिमको प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था, सरुवामा हुने लेनदेन र चलखेल पुर्णरुपमा अन्त्य, उपत्यका केन्द्रीत जागिरे प्रवृत्तिको अन्त्य, सबै कर्मचारीलाई समान अवसरको सुनिश्चितता, समयसिमा भित्र बजेट नल्याउने स्थानीय तहसँग प्रतक्ष्य समन्वय, बजेट पारित र कार्यान्वयन, मन्त्रालयमा गुनासो व्यवस्थापन केन्द्रको स्थापना गर्नु मन्त्रीको रुपमा न्यौपानेको महत्वपुर्ण काम हो ।

त्यसैगरि पारदर्शी गुनासो फस्र्यौट प्रणाली सुरुवात, चक्रिय सरुवा प्रणालीको सुरुवात, पुर्वअनुमानयोग्य र कर्मचारी मैत्री सरुवा प्रणालीको सुरुवात, संघीय निजामती सेवा ऐन टेबल, कार्यसम्पादनमा समानता र न्याय, प्रशासनिक गतिविधि प्रणालीबद्ध, प्रदेश र स्थानीय तहमा समेत व्यवस्थापन अडिट गर्न परिपत्र र पारदर्शीता प्रबद्र्धन तथा ५३ दिनमा ऐतिहाँसिक प्रशासनिक सुधार आफ्नो मुख्य काम रहेको न्यौपानेले बताइन् ।

त्यसैगरि न्यौपानेले आफु तनहुँको भुगोलमा सबैभन्दा धेरै भिजेको उम्मेदवार रहेको उनले बताइन् । २०५१ सालको निर्वाचन देखीका हरेक निर्वाचनमा चुनावी प्रचार तथा चुनावी कमाण्डरको रुपमा आफु गाउँ गाउँ पुगेको र यहाँको हरेक भुगोल र समस्याको बारेमा जानकारी रहेको न्यौपानेले बताइन् । तनहुँ क्षेत्र नम्बर १ मा कसको घर कता तर्फ फर्किएको छ भन्ने बारेमा समेत आफुलाई जानकारी रहेको भन्दै न्यौपानेले आफु चुनावको बेलामा मात्र आउने र पाहुना उम्मेदवार नभएको न्यौपानेले बताइन् ।

यस्तै आफुले चनुाव जित्ने अर्काे मुख्य आधार आफु महिला उम्मेदवार रहेको कारण पनि रहेको उनले बताइन् । महिला आधा आकाश मात्रै नभएर सिर्जना र सृष्टि रहेको भन्दै उनले यस पटक महिलाहरुले महिला उम्मेदवारलाई नै जिताएर इतिहाँस रच्ने न्यौपानेले बताइन् । अहिलेसम्म ठुला पार्टीहरुले महिलालाई उम्मेदवार नबनाउँदा मतदातामा निराशा रहेको अवस्थामा एमालेले आफुलाई उम्मेदवार बताउँदा महिला मतदातामा उत्साह बढेको न्यौपानेले बताइन् ।

त्यसबाहेक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी चट्टानी अडान, राष्ट्रियताको संरक्षण, राष्ट्रिय स्वाधिनता, अस्मिता र सार्वभौमिकताको संरक्षणको अडान, समृद्धीको अडान, विकासको नारा र सपना पनि आफ्नो जितको आधार रहेको न्यौपानेले बताईन् ।

कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाको शब्दमा भगवती न्यौपाने असाध्यै क्षमतावान र संघर्षशिल र एमालेको प्रभावशाली महिला नेतृ हुन् । महिलाले चुनाव जित्दा पुरुषले भन्दा धेरै काम गर्ने र अनियमितता कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को