कम्युनिष्ट आन्दोलनको कार्यभार पुरा गर्न एमाले रोजेँः गुरुङ

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ५

उज्यालो नेपाल पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका शुक्लागन्डकी नपा–१२ का युवा नेता मनराज गुरुङले कम्युनिष्ट आन्दोलनको कार्यभार पुरा गर्न नेकपा एमाले रोजेको बताएका छन् ।

गुरुङ एमाले प्रवेशपछि व्यक्त भएका प्रतिक्रियाहरु प्रति सामाजिक सन्जालबाट एकमुष्ठ जवाफ दिँदै गुरुङले विश्व कम्युनिष्ट आन्दोलन, भुराजनितिक अवस्था, राष्ट्रियताको पक्षधर, आजको समय सुहाउँदो कम्युनिष्ट पार्टी र संगठन लगायतको तुलना गर्दा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले नै हो भन्ने निष्कर्षसहित म एमालेमा समाहित हुने निर्णय लिएको बताए ।

‘राजनिती के हो भन्ने बुझ्न नपाउदै माओवादी आन्दोलन संग जोडीए । समयको हरेक परिस्थितीलाइ सामना गर्दै भुइ तहबाट पार्टीले दिएको हरेक अवसर र जिम्मेवारी पुरा गर्दै आए । पछिल्लो समय माओवादीले विचार नै छोडेर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि त्यो पार्टीमा बसिरहनुको खास अर्थ देखीन’ गुरुङले भनेका छन् ‘व्यक्तिगत सम्बन्धका आधारमा कुलमानजीले कमिटीको संयोजन गर्न गरेको अनुरोध स्वीकार गरें । कुलमानले रास्वपामा पार्टी मिसाएपछि मलाई ठीक लागेन । उम्मेदवारी फिर्ता लिएर त्यो पार्टीमा नलाग्ने निर्णय गरें ।’

वर्गहिन समाज निर्माणको संकल्प सहितको राजनीतिक चेत भएको युवाको नाताले वामपन्थी रुझानलाइ तिलान्जली दिन नसकेको उनले बताए । त्यसपछि कम्युनिस्ट पार्टीको मूल प्रवाहमा फर्कने निधो गरेको भन्दै उनले भने ‘विश्व कम्युनिष्ट आन्दोलन, भुराजनितिक अवस्था, राष्ट्रियताको पक्षधर, आजको समय सुहाउँदो कम्युनिष्ट पार्टी र संगठन लगायतको तुलना गर्दा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले नै हो भन्ने निष्कर्षसहित म एमालेमा समाहित हुने निर्णय लिएको हुँ ।’

यो बीचको केही महिना आफ्नो व्यक्तिगत र राजनीतिक जीवनको पनि सम्झन लायक समय नरहेको भन्दै उनले कम्युनिस्ट आन्दोलनका बाँकी कार्यभार पूरा गर्ने अभिभारा हाम्रै रहेको बताएका छन् । ‘आलोचना गरेर बस्ने होइन बरू आउनुहोस् कम्युनिस्टहरूको ध्रुवीकरण अब तलबाट शुरू गरौँ’ गुरुङले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को