जन्मदिनको अवसरमा कन्या गुरुकुलमा भोजन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन ६

लायन्स क्लब अफ देवघाटका संस्थापक सदस्य रमेश राज बोटेले आफ्नो जन्मदिनको अबसरमा मंगलबार देवघाट स्थित कन्या गुरुकुलमा भोजनको व्यवस्था गरेका छन् । बोटेले आफ्नो जन्मदिनको खुसीयालीलाई मानवीय सेवा कार्यसँग जोडेर मनाएका हुन् ।

आफ्नो जन्मदिनको अवसरमा उनले देवघाटस्थित महाकल्याणी वैदिक कन्या गुरुकुलममा अध्ययनरत कन्या बिदुषी तथा विद्यार्थीहरूलाई भोजन गराएका थिए ।

लायन्स क्लब अफ देवघाटको विशेष समन्वयमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष आत्माराम पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष अनिल मिश्र, द्वित्तीय उपाध्यक्ष रोशन देव आचार्य, र सचिव किरण सुवेदीको सहभागिता रहेको थियो । त्यसैगरी संस्थापक सदस्यहरू अर्जुन प्रसाद अधिकारी र प्रदिप शाली घिमिरे लगायत अन्य पदाधिकारी तथा लायन्स सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई सामाजिक र धार्मिक कार्यमा उपयोग गर्ने उद्देश्यले आयोजना गरिएको बोटेले बताए । पछिल्लो समयमा तडक भडक र खर्चिलो तरिकाले जन्मदिन मनाउने प्रबृत्ती रहेको हुदा यो प्रवृत्तिलाई हटाउन पर्छ भन्ने सन्देश दिनलाइ पनि आफुले जन्मदिनको अबसरमा खर्च हुने आर्थिक रकम भोजन सेवा दिएको बोटेले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव देवघाटका संस्थापक अध्यक्ष आत्मराम पाण्डेले जन्मदिन जस्तो व्यक्तिगत उत्सवलाई ‘मानव सेवा’ को भावनासँग जोडेर कन्या गुरुकुलमा सेवा पु¥याउनु सम्पूर्ण लायन्स परिवारका लागि गौरवको विषय भएको बताए । यसरीनै हरेक व्यक्तिले उत्सवलाइ मानव सेवामा लाउने हो भने यसले समाजमा सकरात्मक र अनुकरणीय सन्देश जाने र सरकारको पहुच नपुगेको ठाउँका व्यक्तिहरुले पनि राहत मिल्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता