सहिद तथा वेपत्ता व्यक्तिहरुका परिवार र घाइतेहरुलाई सम्मान गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ६

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा तनहुँमा सहिद तथा वेपत्ता व्यक्तिका परिवार र घाइतेहरुलाई सम्मान गरिने भएको छ । प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने सन्दर्भमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेको अध्यक्षतामा मंगलबार बसेको जिल्ला स्तरीय तयारी बैठकले उक्त सम्मान गर्ने निर्णय गरेको हो ।

विभिन्न आन्दोलन लगायत जेनजी आन्दोलनका सहिद तथा वेपत्ता व्यक्तिहरुका परिवार र घाइतेहरुलाई फागुन ८ गते बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्मान गरिने जिल्ला प्रशासनले जनाएको छ ।

उक्त सम्मान ग्रहणकोलागि तनहुँ जिल्लामा स्थायी वासस्थान भएका सहिद, वेपत्ताका परिवार तथा घाईतेहरुले सम्पर्क राख्नहुन अनुरोध गरेको छ ।

उक्त कार्यक्रममा सम्मान ग्रहण गर्न ईच्छुक व्यक्तिले फागुन ७ गते साँझ ६ बजेसम्म मोवाईल नम्बर ९८५६०६७७७७ र ९८५६००११११ मा सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण