अवैध भरुवा बन्दुक सहित देवघाटबाट दुई जना पक्राउ

Devghat Online

शेयर गरौ

देवघाट । फागुन ६

देवघाट गाउँपालिकाबाट अबैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट गाउँपालिका–४ बस्ने वर्ष ४० को पुर्ण बहादुर गुरुङ र सोही ठाउँका वर्ष २४ को अर्जुन गुरुङ रहेका छन् ।

गत फागुन ३ गते इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले ग्रामिण इलाकामा गस्ती गर्दै जाने क्रममा देवघाट गाउँपालिका वडा नम्बर ४ स्थित रिस्ती खोलामा पुर्णबहादुर र अर्जुनले बारुद भरिएको (केब नभएको) एक नाले भरुवा बन्दुक २ (दुई) थान साथमा लिई हिड्दै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट बारुद जस्तो देखिने कालो धुलो पदार्थ र फलामको टुक्राहरु समेत फेला पारी उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट हात–हतियार तथा खरखजना सम्बन्धी मुद्दामा दिन ७ (सात) म्याद थप गरी यस कार्यालयबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट एक नाले भरुवा बन्दुक २ (दुई) नाल र बारुद जस्तो देखिने कालो धुलो पदार्थ १३ ग्राम ५०० मिली ग्राम बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय