मनराज सहित दुई दर्जन पुर्व माओवादी कार्यकर्ता एमालेमा समाहित

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ७

तत्कालिन नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य मनराज गुरुङसहितको टोली नेकपा एमालेमा समाहित भएको छ । नेकपा माओवादी केन्द्र शुक्लागन्डकी नगर कमिटिका पूर्व अध्यक्ष समेत रहेका गुरुङसहित तत्कालिन नगर सचिव सरोज पौडेल, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का अध्यक्ष खिमलाल पोख्रेल, वडा नम्बर १२ का अध्यक्ष टुक बहादुर गुरुङसहित दुई दर्जन नेताहरु एमालेमा समाहित भएका हुन् ।

विहिवार दुलेगौंडामा एक कार्यक्रमकाबीच नेकपा एमालेका सचिव खगराज अधिकारी र केन्द्रिय सदस्य एवम् तनहुँ–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार केदार सिग्देल, जिल्ला अध्यक्ष हरिराज कडेंल लगायतले पार्टीमा स्वागत गरेका थिए ।

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादी एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि गुरूङले असन्तुष्टि व्यक्त गर्दै पार्टीबाट राजिनामा दिएका थिए । त्यसपछि उनी कुलमान घिसिङको उज्यालो पार्टीमा प्रवेश गर्दै गण्डकी प्रदेशको संयोजक बने । उनेपाबाटै उनले माघ ६ गते निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका थिए । पछि गुरूङले उम्मेद्वारी फिर्ता लिदै रास्वपालाई समर्थन गर्ने घोषणा गरेका थिए ।

एमालेमा समाहित हुने कार्यक्रममा बोल्दै गुरुङले कम्युनिष्ट आन्दोलनको कार्यभार पुरा गर्न नेकपा एमाले रोजेको बताए । गुरुङले विश्व कम्युनिष्ट आन्दोलन, भुराजनितिक अवस्था, राष्ट्रियताको पक्षधर, आजको समय सुहाउँदो कम्युनिष्ट पार्टी र संगठन लगायतको तुलना गर्दा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले नै हो भन्ने निष्कर्षसहित म एमालेमा समाहित हुने निर्णय लिएको बताए ।

‘राजनिती के हो भन्ने बुझ्न नपाउदै माओवादी आन्दोलनसँग जोडीए । समयको हरेक परिस्थितीलाइ सामना गर्दै भुइ तहबाट पार्टीले दिएको हरेक अवसर र जिम्मेवारी पुरा गर्दै आए । पछिल्लो समय माओवादीले विचार नै छोडेर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि त्यो पार्टीमा बसिरहनुको खास अर्थ देखीन’ गुरुङले भने ‘व्यक्तिगत सम्बन्धका आधारमा कुलमानजीले कमिटीको संयोजन गर्न गरेको अनुरोध स्वीकार गरें । कुलमानले रास्वपामा पार्टी मिसाएपछि मलाई ठीक लागेन । उम्मेदवारी फिर्ता लिएर त्यो पार्टीमा नलाग्ने निर्णय गरें ।’

वर्गहिन समाज निर्माणको संकल्प सहितको राजनीतिक चेत भएको युवाको नाताले वामपन्थी रुझानलाइ तिलान्जली दिन नसकेको उनले बताए । त्यसपछि कम्युनिस्ट पार्टीको मूल प्रवाहमा फर्कने निधो गरेको भन्दै उनले भने ‘विश्व कम्युनिष्ट आन्दोलन, भुराजनितिक अवस्था, राष्ट्रियताको पक्षधर, आजको समय सुहाउँदो कम्युनिष्ट पार्टी र संगठन लगायतको तुलना गर्दा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले नै हो भन्ने निष्कर्षसहित म एमालेमा समाहित हुने निर्णय लिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय