सहीदको शालिकमा माल्यार्पण गरि बन्दीपुरमा मनाईयो प्रजातन्त्र दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ७

विहिबार बन्दीपुरमा सहीदको शालिकमा माल्यार्पण गरि हर्षोल्लासका ७६ औं प्रजातन्त्र प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ का अवसरमा जिल्ला समारोह समिति तनहुँद्वारा बन्दीपुर–४ स्थित शहीद स्मारक पार्कमा आयोजित कार्यक्रममा २००७ सालको क्रान्ति र त्यसमा तनहुँले बगाएको रगतको गाथालाई विशेष श्रद्धाका साथ स्मरण गरियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रजातन्त्र केवल शासन बदल्ने माध्यम मात्र नभई नागरिकको जीवनशैली र स्वतन्त्रताको संवाहक भएको बताए । उनले बन्दीपुर, पुलिम¥याङ र तनहुँसुरजस्ता ठाउँबाट उठ्नुभएका सहीदहरूले नै नेपालमा विधिको शासनको सपना देख्नुभएको र त्यो सपना जोगाउनु आजको मुख्य दायित्व भएको बताए ।

पोखरेलले तनहुँको क्रान्तिकारी इतिहासको चर्चा गर्दै एउटै स्थानमा ६ जना र अर्को गाउँका ४ जनाले सहादत प्राप्त गरेको घटनालाई नेपालको राजनीतिक इतिहासकै ‘दुर्लभ र गौरवपूर्ण’ अध्यायका रूपमा रहेको बताए ।

प्रजातन्त्र दिवस जिल्ला मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले २००७ साल मंसिर २४ गते मुक्ति सेनाले पश्चिम ४ नम्बर क्षेत्रमा गरेको सैन्य सङ्घर्ष र त्यसका कमान्डरको साहसबारे प्रकाश पारे । श्रीभद्र शर्मा र गोवद्र्धन शर्माजस्ता नेताहरूको सुझबुझपूर्ण नेतृत्वले नै यो क्षेत्रलाई प्रजातन्त्रको गढ बनाएको उनको भनाइ थियो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सहीदहरूको सम्मानमा गाउँपालिकाले प्रतिमा स्थापना र स्मारकको स्तरोन्नतिलाई प्राथमिकता दिएको जानकारी दिए । उनले सहीदका सपनालाई मूर्त रूप दिन जिल्लाका सबै पालिकाबीच नीतिगत सहकार्य हुनुपर्नेमा जोड दिए ।

बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया र बन्दीपुर शहीद स्मारक पार्कका अध्यक्ष कृष्णकुमार पियाले विभिन्न आन्दोलनका सहीद घाइते तथा योद्धाहरूलाई एक दिन मात्रै सम्झिएर नहुने र उनीहरूले देखाएको बाटो अनुसार हिँडेर सपना पूरा गरी सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

२००७ सालको राणा शासन विरुद्धको आन्दोलनको क्रममा तनहुँको तत्कालिन सदरमुकाम बन्दिपुर कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङ, तनहुँसुरका उत्तरकुमार श्रेष्ठ र सन्तकुमार राना, सिम्पानीका चन्द्रबहादुर सार्की, वसन्तपुरका खड्गबहादुर गोदार र धर्मराज बतासले माघ १ गते सहादत प्राप्त गरेका थिए ।

बन्दिपुर कब्जाको नेतृत्व व्यास नपा ५ को मानुङका एकदेव आलेले गरेका थिए । आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङलाई भीरबाट खसालिदिएको थियो । पछि सो ठाउँमा समाधी स्थल बनाइयो । समाधी स्थलसँगै सहीद स्मारक बाटिका बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय