भगवतीको चुनावी अभियानमा सघाउन एमाले सचिव अर्याल तनहुँमा

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ९

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेको चुनावी अभियानमा सघाउन नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल तनहुँ आएकी छिन् । अर्याल शनिबार दिनभर भानु नपाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भईन् ।

अर्यालले शनिबार बिहानै दमौलीमा उम्मेदवार न्यौपानेलाई बिजयीको शुभकामना दिँदै चुनावी अभियानको लागि भानु नगरपालिका तर्फ गईन् । भानु नपा–९ को पुर्काेटमा आयोजित महिला भेलालाई सम्बोधन गर्दै अर्यालले भगवतीको जित नै तनहुँको हित हुने बताईन् । सचिव अर्यालले भगवती न्यौपाने तनहुँको समृद्धी र सुशासनको पर्याय भएको भन्दै सबै महिलाहरुले भगवतीलाई जसरी पनि जिताउने संकल्प गर्नुपर्ने बताइन् ।

भगवती न्यौपानेले राष्ट्रिय सभाको सदस्य र मन्त्रीको रुपमा उत्कृष्ट काम गरेको अर्यालले बताइन् । राष्ट्रिय सभाको सदस्य र मन्त्रीको रुपमा खेलेको भुमिकाको कारणले नै पार्टीले यसपटक प्रतिनिधि सभामा लैजान उम्मेदवार बनाएको अर्यालको भनाई थियो । तनहुँको भुमिलाई विश्वभर चिनाउन र विकासको मुलधारमा लैजानकोलागि पनि भगवतीलाई प्रतिनिधि सभामा लैजानुपर्ने अर्यालले बताइन् ।

अहिले देश बचाउने र देश जलाउनेको विचमा चुनाव हुन गईरहेको भन्दै अर्यालले देश बनाउने पार्टी नेकपा एमालेलाई रोज्नुपर्ने अर्याललको भनाई थियो । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानको झण्डा उँचो बनाउन पनि एमालेलाई जिताउनुपर्ने अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण