काँग्रेस र राप्रपाका उम्मेदवार विच भेट, एक अर्काको घोषणापत्र साटासाट

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १०

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु विच भेट भएको छ । चुनाव प्रचारको क्रममा आइतबार आबुँखैरेनीमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राप्रपाका उम्मेदवार अभिषेक जोशी विच भेट भएको हो ।

भेटमा उनीहरुले आत्मियता साटासाट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । साथै उनीहरुले एक अर्काको चुनावी घोषणापत्र पनि सो अवसरमा साटासाट गरेका थिए । उक्त क्रममा राप्रपाका जोशीले भट्टराईलाई हिन्दुहरुको पवित्र ग्रन्थ श्रीमद्भागवत गीता हस्तान्तरण गरेका थिए ।

जोशी श्रीभद्भागगत गीताको वितरणको अभियन्ता समेत हुन् । उनले एक लाख हिन्दुहरुको घरमा उक्त पुस्तक निशुल्क वितरण गर्ने लक्ष्य राखेका छन् । जोशीले चुनाव प्रचारसँगै श्रीमद्भागवत गीता पनि वितरण गरिरहेका छन् । जोशीको उक्त कार्यलाई हिन्दु धर्मावलम्बीले मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले