व्यास र भानुमा दीपक राज जोशीको चुनाव प्रचार अभियान सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १२

तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार दीपक राज जोशीले व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न स्थानमा चुनावी प्रचारको अन्तर्गत कोण सभा गर्दै आफ्नो अभियान सम्पन्न गरेका छन् ।

कोण सभामा जोशीले रित्तिएका गाउँलाई फेरि हराभरा बनाउने र बन्द भएका स्कूलहरूलाई पुनर्जीवित गर्ने विषयमा आफ्नो योजनाबारे जनता सामु प्रतिवद्धता व्यक्त गरे । उनले सबैले पहिला आफ्नो जन्मेको गाउँ र आफूले पढेको स्कूल जोगाउनु पर्ने कुरामा जोड दिए । त्यसपछि मात्र गणतन्त्र र अन्य राज्यका संरचनाहरूलाई बचाउने विषयमा सोच्ने बेला आएको उनले बताए ।

‘मैले आफ्नो योग्यता अनुसारको काम पाएको भए, सायद राजनीतिमा आउने निर्णय गर्दिनँथें, सक्षम हुँदाहुँदै पनि विभिन्न कारणले अवसरबाट वञ्चित हुनुपरेको अनुभवले नै मलाई यो बाटो रोज्न बाध्य बनायो’ जोशीले भने ‘जब नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्तिका लागि १४ करोड मागिएको कुरा आयो, तब मैले बुझें-समस्या मेरो योग्यता होइन, प्रणाली नै गलत छ ।’

संसारको कुनै पनि देश पूर्ण रूपमा शून्य बेरोजगार छैन । त्यसैले ‘शून्य बेरोजगारी’ वा ‘१०० अर्ब डलरको अर्थतन्त्र तुरुन्त बनाउँछु’ भन्ने जस्ता नाराहरू यथार्थभन्दा बढी प्रलोभन हुन सक्छन् । म अर्थशास्त्रको विद्यार्थी होइन, तर जीवनका अनुभवले यति भने सिकाएको छ–अवास्तविक सपना देखाएर जनतालाई भ्रममा राख्नु समाधान होइन । हाम्रो शास्त्रले पनि भन्छ—झूटो बोल्नु हुँदैन, र प्रलोभन देखाउनु हुँदैन । राजनीतिमा सत्य, यथार्थ र इमान्दार प्रतिबद्धता आवश्यक छ, न की असम्भव वाचा ।’

जोशीले आगामी दिनहरूमा समुदायको विकास, शिक्षा र स्थानीय पूर्वाधार सुधारका लागि आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउँदै जान प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल