एमाले उम्मेदवार न्यौपानेले काँग्रेस र रास्वपाको कार्यालयमा गएर मत मागिन्

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १३

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपाने बुधबार सदरमुकाम दमौली बजारमा मतदातालाई भेट्न घर दैलो अभियानमा निस्किईन् । यसअघि ग्रामिण वडाहरुमा व्यस्त न्यौपानेले बुधबार दिउँसोभर दमौली बजारका मतदातालाई भेटेकी थिइन् ।

घरदैलोको क्रममा सो क्रममा वडा नम्बर ३ मा रहेको नेपाली काँग्रेसको निर्वाचन सम्पर्क कार्यालय र सोही वडामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय भएको क्षेत्रमा पुग्दा एमाले उम्मेदवार न्यौपाने उक्त दुई पार्टीको कार्यालयमा पसी त्यहाँ रहेका कार्यकर्ता र समर्थकहरुसँग पनि मत मागेकी थिइन् । उक्त कार्यलाई धेरैले सकारात्मकरुपमा लिएका छन् ।

प्रतिश्पर्धी उम्मेदवारको कार्यालयमा छिरेर न्यौपाने मत माग्नु लोकतन्त्रको सुन्दर उदाहरण रहेको सन्देश गएको छ । प्रतिश्पर्धी पार्टीको कार्यालयमा जानै नचहाने र देख्न पनि नचाहाने प्रबृत्ति विरुद्ध एमाले उम्मेदवार न्यौपानेले काँग्रेस र रास्वपाको कार्यालयमा गएर मत माग्नुलाई स्वागतयोग्य ठानिएको छ । सो क्रममा दुबै कार्यालयमा रहेका समर्थकहरुले न्यौपानेलाई शुभकामना दिएका थिए ।

सयौं कार्यकर्ताको साथमा न्यौपानेले दमौली बजारका सबै क्षेत्रमा पुगी मतदातालाई भेट गरेकी थिइन् । वडा नम्बर २, ३ र ४ का हरेक टोलमा न्यौपानेको घर दैलो भएको थियो । दमौली बजारमा भएको घर दैलोले एमालेको पक्षमा राम्रो माहौल बनेको नेकपा एमाले व्यास नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डेले बताए ।

यसैगरि एमाले उम्मेदवार न्यौपाने बुधबार नै व्यास १४ को छाब्दी र कुलुङका मतदातालाई भेट गर्न पुगिन् । सो क्रममा स्थानीय मतदाताले पहिलो पटक शसक्त महिला उम्मेदवार पाएको भन्दै भगतवीलाई जिताउने अठोट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल