सीता सामुदायिक पिकनिक पार्कलाई पाँच वर्षमा देवघाटकै नमुना बनाइने

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, फागुन १८

देवघाट गाउँपालिका–५ मा रहेको सीता सामुदायिक वन समुहको पिकनिक पार्क (वनभोज स्थल) लाई पाँच वर्ष भित्र देवघाटकै नमुना पिकनिक पार्क बनाईने भएको छ । उक्त पिकनिक पार्कलाई आकर्षक बनाउन विभिन्न संरचनाहरु निर्माण गरिने सीता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भानुभक्त न्यौपानेले बताए ।

ठिमुराको मोटरेवल पुलदेखी त्रिशुलीको झोलुङ्गे पुलसम्मको पैदल यात्राको क्षेत्रमा पर्ने उक्त पिकनिक क्षेत्र सबैको पायक पर्ने ठाउँमा रहेको र यसले भविस्यमा पर्यटनको सम्भावना बोकेको अध्यक्ष न्यौपानेले बताए । त्रिशुली नदीको किनारामा रहेको उक्त पिकनिक पार्कमा मन भरी कयौं पीडा भए पनि यस क्षेत्रमा आएपछि मन शान्त र आनन्दीत भई मनको पिडाहरु बिर्सने ठाउँ बनेको अध्यक्ष न्यौपानेले बताए ।

उक्त पिकनिक क्षेत्रलाई आगामी पाँच वर्ष भित्र स्थानिय सरकार र वन डिभिजन कार्यालयसँग समन्वय गरि देवघाटकै नमुना पिकनिक पार्क बनाउने न्यौपानेले बताए । पिकनिक पार्कको काखैमा रहेको त्रिशुली नदीमा पर्यटकलाई आकर्षित गर्न मोटर बोट सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताए । पछिल्लो समयमा देवघाटमा उल्लेख्यरुपमा पर्यटक भित्रिएको र यस्ता पिकनिक पार्कहरुले अझ धेरै पर्यटक भित्र्यउन सहयोग पुग्ने न्यौपानेले बताए ।

सामुदायिक वनको आयस्रोत काठ दाउरा वेचविखन गरेर मात्र नहुने र सम्भावना के छ त्यस्को पहिचान गरि आयस्रोत बनाउन पर्ने भन्दै अध्यक्ष न्यौपानेले पिकनिक पार्कको माध्यमबाट सामुदायिक वनको आम्दानी बढाएर समुदायमा योगदान दिने बताए । पिकनिक पार्कलाई आकर्षित बनाउन उक्त स्थलमा विभिन्न प्रजातीको विरुवा तथा फुलहरु रोपिएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले