गोविन्द भट्टराईको चुनाव खर्चः २८ लाख ६१ हजार

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो चुनावी खर्च सार्वजानिक गरेका छन् । भट्टराईका प्रतिनिधिले सोमबार जिल्ला निर्वाचन कार्यालयमा चुनावी खर्च बुझाई सामाजिक सन्जाल मार्फत सार्वजानिक पनि गरेका छन् ।

भट्टराईका प्रतिनिधि नेपाली काँग्रेस तनहुँका सचिव सहदेव अधिकारीले जिल्ला निर्वाचन कार्यालय तनहुँमा बुझाएको खर्च विवरण अनुसार भट्टराईको चुनाव खर्च २८ लाख ६१ रहेको छ । जसमा उम्मेदवारी दर्ता र मतदाता नामावली खरिदमा १३ हजार, वडा स्तरीय प्रचार प्रसार खर्च ४ लाख २० हजार, पालिका स्तरीय चुनावी प्रचार खर्च १ लाख, वडा स्तरीय प्रचार प्रसार खर्च ४ लाख रहेको छ ।

त्यसैगरि स्टेशनरी खर्च २ लाख ६० हजार ८ सय, नमुना मतपत्र छपाई खर्च २ लाख ६९ हजार २ सय, निर्वाचनको दिन बुथ खर्च ६ लाख ३४ हजार, उम्मेदवारको कोठाभाडा, खाना, खाजा खर्च २ लाख ६० हजार, यातयात भाडा ३५ दिनको ४ लाख २२ हजार ९०६ र तेल खर्च १ लाख ११ हजार ५८४ रहेको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा प्रमुख प्रतिद्वन्द्वी बनेका भट्टराईले १६ हजार २३१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ