शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३

शुक्लागण्डकी नगरपालिकामा मा आयोजित रैथाने खाना महोत्सव–२०८२ मंगलबार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्लाचौरमा पहिलो रैथाने खाना महोत्सव आयोजना गरेको हो ।

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष एवम् परिषदका सल्लाहकार खड्कसिहं थापा मगरले महोत्सवले देशभर सकारात्मक सन्देश पुगेको बताए । समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमालले महोत्सवले रैथाने खानाको प्रचार, प्रवद्धन र पुस्तान्तरणमा ठूलो सहयोग पुगेको उल्लेख गरे । उनले आगामी दिनमा यस्ता महोत्सवलाई निरन्तरता दिन सके आदिवासी जनजातिका खानाका परिकार जिवन्त रहने बताए ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जनजातिका झल्को दिन घरले चैत ६ देखि हुने शुक्लागण्डकी महोत्सवलाई थप रौनक थपेको उल्लेख गरे ।

समन्वय परिषद सचिव एवम् महोत्सव प्रवक्ता विर्सना श्रेष्ठका अनुसार महोत्सवस्थलमा ६ समुदायका मौलिक परम्परा घर निर्माण गरिएको थियो । शुक्लागण्डकी नगरपालिकामा मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ । महोत्सवमा ती समुदायका विभिन्न रैथाने परिकारको स्वाद पकाएर विक्रि गरिएको थियो ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरु, आदिवासी जनजातिसँग सम्बन्धित अध्येता, अगुवा, विदेशी नागरिकहरु समेत आएर रैथाने खानाका परिकारको स्वाद लिएको परिषदका सल्लाहकार संयोजक खिम बहादुर कुमालले जानकारी दिए । उनले परिकारको स्वाद लिन दिनभर दर्शकहरुको भिड रहेको बताए । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको महोत्सव भएको हो । महोत्सवको सोमवार शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल