भगवतीको चुनाव खर्च २४ लाख १६ हजार

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले आफ्नो चुनावी खर्च सार्वजानिक गरेकी छिन् । न्यौपानेका प्रतिनिधिले मंगलबार जिल्ला निर्वाचन कार्यालय तनहुँमा चुनावी खर्च बुझाई सामाजिक सन्जाल मार्फत सार्वजानिक पनि गरेका छन् ।

न्यौपानेका प्रतिनिधि नेकपा एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले जिल्ला निर्वाचन कार्यालय तनहुँमा बुझाएको खर्च विवरण अनुसार न्यौपानेको चुनाव खर्च २४ लाख १६ हजार रहेको छ । जसमा उम्मेदवारी दर्ताको लागि १० हजार, ३५ दिन २ वटा गाडी भाडाकोलागि ५ लाख, इन्धन खर्च १ लाख ९४ हजार ०८३, आबुँखैरेनी, डुम्रे र दमौलीको महिला ¥याली खर्च ५ लाख ६१ हजार ५२० खर्च भएको छ ।

यसैगरि पर्चा, पम्प्लेट र नमुना मतपत्र छपाईकोलागि ९० हजार ८०९, झण्डा र व्यानर प्रिन्टको लागि १ लाख ९८ हजार ९१८, कार्यालय व्यवस्थापन र मतदाता नामावली प्रिन्टको लागि १ लाख ८९ हजार ३९०, ४२ वटा वडामा खाना, खाजा तथा आवासको लागि २ लाख ५३ हजार ४८०, ७० वटा मतदान केन्द्रमा बुथ खर्चको लागि ४ लाख १५ हजार र पानी खरिदको लागि २ हजार ८०० रहेको छ । निर्वाचनमा न्यौापानेले ५ हजार ८३० मत ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो