चितवन । चैत ७
तनहुँ रामकोट भट्टराई समाज चितवनको पाँचौ वार्षिक साधारण सभा तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान एवं वनभोज कार्यक्रम शनिबार कालिका नगरपालिकाको पदमपुर स्थित भिमवली पार्कमा सम्पन्न भयो । उक्त साधारणसभाको समाजका सल्लाहाकार एवं भट्टराई बन्धु प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य चन्द्रकान्त भट्टराईले उद्घाटन गरे ।




सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले यस समाजले आफ्नो बन्धुहरुको हकहितमा मिलेर काम गर्नुपर्ने बताए । तनहुँ रामकोट भट्टराई समाज चितवनका अध्यक्ष नारायणप्रसा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका सल्लाहाकार बद्री नारायण भट्टराई, सल्लाहाकार शशिधर भट्टराई, चिरन्जिवी भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन सचिव लक्ष्मीरा भट्टराईले स्वागत मन्तव्य उपाध्यक्ष प्रकाशचन्द्र भट्टराईले राखेका थिए । साधारणसभामा कोषाध्यक्ष सुदिप भट्टराईले गत आर्थिक वर्षको आय व्यय प्रस्तुत गरेका थिए । साधारणसभाले विभिन्न प्रस्तावहरु पारित तथा विभिन्न निर्णयहरु गरेको समाजका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।

तनहुँ रामकोट भट्टराई समाज तनहुँको बन्दीपुर गाउँपालिकाको रामकोट (शेराटार) स्थायी घर भई हाल चितवनको भरतपुर वरपर बस्दै आएका भट्टराई बन्धुहरुको साझा संस्था भएको उपाध्यक्ष प्रकाशचन्द्र भट्टराईले बताए ।












