विष्णु मगर । देवघाट, चैत ७
वन डढेलो व्यवस्थापन सप्ताह–२०८२ को अबसरमा देउती सामुदायिक वन उपभोक्ता समुहले शनिबार वन डढेलो सम्बन्धि उपभोक्ता सचेतना गोष्ठि तथा अग्नि रेखाङ्कन कार्यक्रम शनिबार आयोजना गरेको छ ।



सो कार्यक्रममा प्रमुख अतिथि सव डिभिन वन कार्यलय देवघाटका प्रमुख नवीन विश्वकर्माले आगलागी प्राकृतिक भन्दा पनि कृत्रिम तरिकाले बढी मात्रा हुने गरेको भन्दै आगलागी तथा डढेलो नियन्त्रणकालागि उपभोक्ताहरु सबैभन्दा बढि सेचत बन्नुपर्ने बताए । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन नै उचित हुने भएकाले आगलागी हुनु भन्दा अगाडि नै अग्निरेखा सरसफाइ गरिनुपर्ने उनले बताए ।
जङ्गल आउने जाने बाटो वरपर रहेको पातहरु सङ्कलन गर्दै नियन्त्रित आगलागी गराउने र जल्ने वस्तुहरु नष्ट गर्नुपर्ने वन अधिकृत विश्वकर्माले बताए । यसोगरे ५० प्रतिशत डढेलो कम हुने विश्वकर्माले बताए । वन डढेलो जाँदा सबै भन्दा पहिला आफू सुरक्षित हुनुपर्ने आफू सुरक्षित भए पछि मात्र डढेलोको प्रकृति हेरेर आगो निभाउने विश्वकर्माले बताए ।
सो कार्यक्रममा कालिका सामुदायिक वनका अध्यक्ष अमर फेवालीले वन डढेलो हुँदा र नहुँदा के फाइदा हुन्छ भन्ने कुरा उपभोक्ता र समितिहरुले बुझ्न जरुरी रहेको बताए । देवघाट वडा नम्बर ५ भरी वन डढेलो जान नदिनको लागि सबै वनले पहल गर्न पर्ने फेवालीले बताए । कार्यक्रममा मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले आगो कुन वन बाट आउँछ त्यसको जानकारी सबै वन हेरालु कर्मचारीले खवर पु¥याउनुपर्ने बताए । डढेलो कुन वनबाट आउँछ त्यसलाई दोस लगाउनु भन्दा पनि सबै मिली नियन्त्रण गर्नुपर्ने गिरीले बताए ।
सो कार्यक्रम देउती सामुदायिक वनका अध्यक्ष तेज वहादुर थापा मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सन्चालन देउती सामुदायिक वनका सचिव हरिमाया सिवाकोटीले गरेकी थिइन् । उक्त कार्यक्रममा डढेलो नियन्त्रणकोलागि वन क्षेत्रमा अग्नि रेखाङ्कन समेत गरिएको थियो ।












