साढेवगर सामुदायिक वन समुहद्वारा अग्निरेखा सरसफाई तथा सचेतना कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत ७

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह–२०८२ को अबसरमा साढेवगर सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा वन डढेलो सम्भावित संवेदनशील क्षेत्र पहिचान गरि अग्निरेखा सरसफाई तथा सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि सव डिभिन वन कार्यलय देवघाटका प्रमुख नवीन विश्वकर्माले आगलागी प्राकृतिक भन्दा पनि कृत्रिम तरिकाले बढी मात्रा हुने गरेको भन्दै आगलागी तथा डढेलो नियन्त्रणकालागि उपभोक्ताहरु सबैभन्दा बढि सेचत बन्नुपर्ने बताए । रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन नै उचित हुने भएकाले आगलागी हुनु भन्दा अगाडि नै अग्निरेखा सरसफाइ गरिनुपर्ने उनले बताए ।

जङ्गल आउने जाने बाटो वरपर रहेको पातहरु सङ्कलन गर्दै नियन्त्रित आगलागी गराउने र जल्ने वस्तुहरु नष्ट गर्नुपर्ने वन अधिकृत विश्वकर्माले बताए । यसो गरे ५० प्रतिशत डढेलो कम हुने विश्वकर्माले बताए । वन डढेलो जाँदा सबै भन्दा पहिला आफू सुरक्षित हुनुपर्ने आफू सुरक्षित भए पछि मात्र डढेलोको प्रकृति हेरेर आगो निभाउने विश्वकर्माले बताए ।

साँढेवगर सामुदायिक वन समुहका अध्यक्ष टिकिसरा गुरुङले आफू महिला भएर पनि वनको सस्थालाई हाक्दै यो अबस्था सम्म आएको गुरुङले बताइन् । महिलालाई काम गर्न निकै कठिन र चुनौती हुदा पनि त्यो चुनौती पार गर्दै काम गर्दै आएको भन्दै गुरुङले आफुले वनमा डढेलो लाग्नबाट जोगाउन धेरै भुमिका खेल्ने र उपभोक्तामा जनचेतना फैलाउने बताइन् ।

वन समुहकी अध्यक्ष टिकिसरा गुरुङको अध्यक्षतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक