तनहुँमा वन डढेलो र्यापिड रेस्पोन्स टीम गठन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १०

तनहुँमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि डिभिजन वन कार्यालय तनहुँका बन अधिकृत राजकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय जिल्लास्तरीय बन डढेलो ¥यापिड रेस्पोन्स टीम गठन गरिएको छ । वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको अवसर पारेर उक्त ¥यापिड रेस्पोन्स टिम गठन गरिएको हो ।

डिभिजन वन कार्यालयका बन अधिकृत श्रेष्ठको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका सुब्बा गोपाल पोख्रेल, कालीभञ्जन गणका सहसेनानी पोखरेन्द्र राना, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवप्रसाद पाठक, सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण मनकामना भानुका शसस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, राष्टिय अनुसन्धानका अनुसन्धान अधिकृत रेमण्ड पोख्रेल र सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ रहेका छन् ।

डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तीन वटै तहका सरकार, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्ता समूह, सन्चारकर्मीबीच आपसी समन्वय र सहकार्यलाई सुदृढ गर्दै सबै सरोकारवालाहरुको सक्रिय सहभागिता सुनिश्चित गरी बन डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गरिने कार्यालय प्रमुख मनोज रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल