एमाले र नेकपाका दर्जन बढि नेता रास्वपामा प्रवेश

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १०

तनहुँमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दर्जन बढि नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । मंगलबार रास्वपा तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा ति दुई पार्टीका एक दर्जन नेता उक्त पार्टीमा प्रवेश गरेका हुन् ।

रास्वपामा प्रवेश गर्नेहरुमा नेकपा एमालेका जिल्ला कमिटि सदस्य बिरेन्द्र बहादुर अधिकारीको नेतृत्वमा व्यास ११ का केही कार्यकर्ता रहेका छन् । अधिकारी यस अघि एमाले व्यास नगर कमिटिको लामो समय अध्यक्षको भुमिकामा रहेका थिए । उक्त कार्यक्रममा अधिकारीको नेतृत्वमा एमालेका १२५ जना कार्यकर्ता रास्वपामा प्रवेश गर्ने भनिएपनि अधिकारी सहित युवा संघ र अनेमसंघका चार/पाँच जना कार्यकर्ता उपस्थित थिए । अन्यलाई व्यास ११ मै कार्यक्रम गरेर प्रवेश गराईने अधिकारीले बताए ।

त्यसैगरि नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य व्यास १३ का गजेन्द्रराज पन्थ, सो पार्टीका बुद्धिजिवि फाँटका नेता व्यास २ का विष्णुबहादुर खड्का, जिल्ला कमिटि सदस्य म्याग्दे २ का विष्णुकुमार श्रेष्ठ, व्यास १४ का हेमबहादुर थापा सहित १० जना भन्दा बढि नेता कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए । रास्वपा प्रवेश गरेकामा व्यास २ का झनक नारायण श्रेष्ठ, व्यास १ का श्रीप्रसाद न्यौपाने, व्यास १४ का ज्ञानबहादुर थापा, रामचन्द्र घर्तीको नाम उच्चारण गरिएपनि उनीहरु सो कार्यक्रममा उपस्थित थिएनन् ।

रास्वपा प्रवेश गरेका नेकपाका नेताहरु साविकको नेकपा एकिकृत समाजबादीमा थिए । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतापछि पुर्व माओवादी पक्षको पेलानमा परिएको भन्दै उनीहरुले रास्वपामा प्रवेश गरेको बताईएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा तनहुँका सभापती विश्व बास्तोलाले देश बदल्ने अभियानलाई समर्थन गर्दै रास्वपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै पार्टीले उचित जिम्मेबारी दिने बताए । सो कार्यक्रमको सन्चालन रास्वपा व्यास नगर समितिका सभापती चुडामणी दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको