शुक्लागण्डकी महोत्सवमा आएका कलाकार मार्फत पर्यटकीय क्षेत्रको प्रचार

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ११

तनहुँको शुक्लागण्डकीमा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा प्रस्तुतीकालागि आएका कलाकार पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमणमा सहभागि भएका छन् । बुधवार कलाकार नविना सिलवाल ‘खुईली’ जिल्लाकै प्रसिद्ध ढोरबाराही मन्दिरमा पुगेर दर्शन गर्नुका साथै रक गार्डेनको समेत अवलोकन गरिन् । उनले मन्दिर दर्शनपद्धि आफू पहिलोपटक ढोरबाराही मन्दिरमा आउने मौका मिलेको बताईन् । उनले यहाँको अलौकिक शक्ति र लहरीकाबारेमा सुन्दै आएको उल्लेख गरिन् । रकगार्डेमा प्राकृतिक रुपमा बनेको विभिन्न आृकित रुपी चट्टानले आफूलाई लोभ्याएको जानकारी दिदै आयोजकलाई धन्यवाद दिईन् । उनले आफ्नो आफ्नो सामाजिक सञ्जालमार्फत यहाँको प्रचार गर्ने बताईन् ।

महोत्सवमा निम्ता गरिएको कलाकारको माध्यमबाट यस क्षेत्रको प्रचार र प्रवद्धनकालागि कलाकारलाई विभिन्न स्थान लैजान शुरु गरिएको कलाकार व्यवस्थापन उपसमितिका संयोजक प्रेम श्रेष्ठले जानकारी दिए । उनले आगामी दिनमा महोत्सवमा सहभागि हुने कलाकारलाई अन्य स्थानमा लगि त्यस ठाउँकोबारेमा प्रचार प्रसार प्रवद्धनकोलागि सहयोगी बन्ने उल्लेख गरे । ‘हामीले महोत्सवको नारामा समेत भनेका छौं । आज हामीले शुरुवात गरेका हौ’ उनले भने ‘भोलीका दिनमा कलाकारको समय र अवस्थालाई हेरेर अन्य स्थानमा लैजाने प्रयास गर्नेछौं ।’ आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ आयोजित बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा चलिरहेको छ ।

महोत्सवका मुल संयोजक एवम् नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले महोत्सवको माध्यमबाट समग्र नगरको प्रचार, व्यसायिक प्रवद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले शुरुका दिनमा मौसमले साथ नदिएपनि पछिल्ला दिनमा दर्शकको सहभागिता बढ्दै गएको जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको छ । उनका अनुसार रत्यौली गीत प्रतियोगिता बुधवारबाट शुरु भएको छ । शुक्रवारबाट भलिबल प्रतियोगिता शुरु हुने छ । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।

महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।
यसैविच महोत्सवमा बुधवार चर्चित कलाकारहरुको प्रस्तुती राखेका छन् । बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा बुधवार कलाकार अर्जुन सापकोटा, प्रिति आले, नविना सिलवाल ‘खुईली’ राम्जी पौडेल, सुनिता नेपाली लगायतले दर्शकलाई नचाएका थिए । कन्सर्ट व्यवस्थापन उपसमिति संयोजक सुमन सापकोटाका अनुसार विहिवार साँझ एमआरडीको लाईभ कन्सर्ट हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बैशाख २४ पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध