व्यास नगरपालिकाद्वारा भादगाउँको बजार क्षेत्रमा अनुगमन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ११

व्यास नगरपालिकाको बजार अनुगमन समितिले व्यास नपा–१ भादगाउँ क्षेत्रका पसलहरूमा अनुगमन गर्दै म्याद गुज्रिएका खाद्य तथा उपभोग्य वस्तुहरू बरामद गरेको छ । उपप्रमुख एवं अनुगमन समिति संयोजक इन्दिरा दरैको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न पसलबाट झण्डै ४५ हजार रुपैयाँ बराबरका म्याद नाघेका सामग्री फेला पारिएको हो ।
अनुगमन टोलीले भादगाउँमा रहेका थापा इलेक्ट्रोनिक्स, पाँच चोक सप्लायर्स, छिमाल किराना पसल, मम ल्याण्ड, एन्जल मार्ट र दीपज्योति किराना पसल लगायतका व्यवसायिक केन्द्रहरूमा निरीक्षण गरेको थियो । सो क्रममा बिक्रीका लागि राखिएका म्याद सकिएका खाद्य सामग्री, प्याकेटबन्द वस्तु र अन्य उपभोग्य सामान बरामद गरी नष्ट गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

अनुगमनपछि संयोजक दरैले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही नगर्न व्यवसायीलाई सचेत गराउँदै म्याद गुज्रिएका सामान बिक्री गर्नेलाई कानुनी कारबाही गरिने स्पष्ट पारिन् । ‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड सह्य हुँदैन, बजारलाई व्यवस्थित र सुरक्षित बनाउनु हाम्रो प्राथमिकता हो,’ उनले भनिन् ।

अनुगमन टोलीमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नगर प्रहरी तथा प्रहार अनलाइन मिडियाका सम्पादक शंकरराज नहर्की लगायतको सहभागिता रहेको थियो । समितिले आगामी दिनमा समेत नियमित अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

अनुगमन समितिका सदस्य तथा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले समेत व्यवसायीलाई नियमअनुसार व्यापार गर्न आग्रह गर्दै उपभोक्ता हितविपरीत क्रियाकलाप नगर्न चेतावनी दिए । ‘बजार अनुगमनलाई निरन्तरता दिइन्छ, नियम उल्लंघन गर्ने कसैलाई पनि छुट दिइँदैन,’ उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल