चक्रवर्ती महिला सहकारी–दुग्धजन्य उत्पादन विक्री गर्न शुक्रबारे मेला

Devghat Online

शेयर गरौ

देवघाट । चैत १४

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित चक्रवर्ती सामाजिक उधमी महिला सहकारी सस्थाले दुग्धजन्य उत्पादन विक्री गर्न शुक्रबारे मेला सन्चालन गरेको छ । देवघाट गाउँपालिकाकै एक मात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आय आर्जन र आर्थिक समृद्धिको लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।

सोही अनुसार सदस्यहरुले उत्पादन गरेको दुग्धजन्य बस्तु तथा कृषि उपज प्रबद्र्धन तथा विक्री गर्नको लागि अवदेखी प्रत्येक शुक्रबार मेला आयोजना गर्ने भएको छ । मेलाको चैत १३ गते शुक्रबार शुभारम्भ गरियो । स्थानिय उत्पादनलाई प्राथामिकता दिनुपर्छ भन्ने उदेश्यले शुक्रवार मेला राखिएको सहकारीकी अध्यक्ष सावित्री न्यौपानेले बताइन् । पछिल्लो समयमा देवघाटमा मात्र २/३ वटा डेरी बाहिरबाट आएको र स्थानिय डेरीलाई समस्या परेको हुदा स्थानिय डेरी अनि सस्थालाई बजारीकरण गर्नको लागि शुक्रवारे मेला राखिएको न्यौपानेले बताइन् ।

सहकारी संस्थाकी व्यवस्थापक संगिता ओझा भुर्तेलले महिला सहकारी सस्था चलाउन धेरै चुनौती रहे पनि त्यो चुनौतीलाइ सामाना गर्दै आज १४ वर्ष सम्म आइपुगेको बताए । शुक्रवारे मेला राखेपछि स्थानिय उत्पादनले वजारीकरणको मौका पाउने र कृृषकले उत्पादन बढाउने अपेक्षा राखिएको ओझाले बताइन् ।

उक्त शक्रवार मेलामा दुग्धजन्य बस्तुको विक्रीमा विशेष छुट पनि दिइने व्यवस्थापक ओझाले बताईन् । शुक्रवारे मेलाबाट वजारीकरण पाउँदा स्थानिय उत्पादन बिक्रि वितरण भई आर्थिक पाटोमा पनि टेवा पुग्ने उनले बताइन् ।

सो शुक्रवारे मेलामा दूध, दही, पनिर, कुल्फी, घ्यु, मोही, लस्सी, पनिर मःम, पनिर पकौडा, घ्युमा पकाएको सेलरोटी, दही पुरी तथा स्थानिय अर्गानिक कृषि उपज वस्तुहरुको विक्री गरिने ओझाले बताइन् । शुक्रवारे मेला दिउँसो २ बजेबाट साँझ ७ बजे सम्म सञ्चालन हुने उनले जानकारी दिइन् ।

उक्त चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाट क्षेत्रमा सन्चालित सहकारी संस्थाहरु मध्ये उत्कृष्ट र सफल रुपमा सन्चालन हुँदै आएको छ । देवघाटका महिलाहरुले सन्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दुध संकलन, दुग्धजन्य बस्तुको उत्पादन, डेरी सन्चालन, पशुपानलन, तरकारी खेती तथा सामुहिक रुपमा नगदेबालीको खेती जस्ता आय आर्जनका कार्यमा सदस्यहरुलाई आवद्ध गराउँदै आएको छ ।

उक्त सहकारीमा हाल दैनिक ६ सय लिटर भन्दा बढि दुध संकलन हुँदै आएको छ । संकलित दुधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न बस्तु बनाई विक्री गर्दै आईरहेको छ । सहकारीमा संकलित दुधबाट दुग्धजन्य पदार्थहरु दूध, दहि, घ्यु, पनिर, कुल्फी, आईसक्रिम र खुवा लगायत उत्पादन गर्दै आईरहेको सहकारीकी अध्यक्ष सावित्री न्यौपानेले बताइन् । सहकारीमा हाल ८१९ जना शेयर सदस्य रहेका छन् । सहकारीमा देवघाटको वडा नम्बर ५ तथा वडा नम्बर ४ र १ का महिलाहरु सदस्य छन् । जसमा अधिकांश वडा नम्बर ५ का छन् ।

शेयर सदस्य मध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिद गरि दुग्धजन्य बस्तुहरु उत्पादन गरि विक्रि गर्दै आएको छ । सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य बस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैडाकोट लगायतका बजारहरुमा डेरी पसल मार्फत विक्रि हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा विक्रि हुँदै आएको व्यवस्थापक ओझाले बताईन् । यसबाहेक बचत संकलन तथा ऋण लगानी मार्फत आफ्ना शेयर सदस्यहरुलाई व्यवसायमा सघाउने तथा उनीहरुको आर्थिक हैषियत सुधार्ने सहकारीको अर्काे उद्देश्य रहेको व्यवस्थापक ओझाले बताइन् ।

व्यवस्थापक ओझाका अनुसार हाल उक्त डेरी उद्योग मार्फत मासिक १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीले दशैं र तिहारको अवसरमा आफ्ना दुग्धजन्य उत्पादनमा भारी मात्रामा छुट दिएको व्यवस्थापक ओझाले बताइन् । सहकारीलाई देवघाट गाउँपालिकाले दुधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित बस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

उद्योग वाणिज्य महासंघ गण्डकीको उपाध्यक्षमा तनहुँका हरि, सदस्यमा रिमाल र खड्का

तनहुँ । चैत १७ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा तनहुँका हरिकुमार श्रेष्ठ