नेकपाका ढकालको चुनाव खर्च ८ लाख ४५ हजार

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १६

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्यानाथ ढकालले प्रतिनिधि सभा निर्वाचनको चुनाव खर्च सार्वजानिक गरेका छन् । ढकालले आफ्नो चुनाव खर्च सोमबार जिल्ला निर्वाचन कार्यालयमा पेश गरि सार्वजानिक गरेका हुन् ।

ढकालको चुनाव खर्च आठ लाख ४५ हजार ८८७ रहेको छ । ढकालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार मनोनयन दर्तामा १० हजार, पर्चा, पम्प्लेट छपाईमा ८७ हजार ३०८, सवारी साधनमा १ लाख ३० हजार, सवारीको इन्धनमा २८ हजार ३८, झण्डा र व्यानर छपाईमा ९२ हजार २२५ भएको छ ।

त्यसैगरि खाना र खाजामा ६६ हजार ५९०, प्रचार अभियान र बुथ व्यवस्थापनमा सबैभन्दा धेरै ४ लाख २५ हजार ४० रुपैयाँ तथा स्टेशनरी खरिदमा ६ हजार ६८६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो